मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

परिवार र कार्यको क्षेत्रमा मिलनसार व्यवहारले वाद-विवाद टार्ला। बोलीमा नियन्त्रणको नहुँदा बहस वा कसैसँग झगडा हुन सक्छ। स्त्री वर्गबाट लाभ मिल्नेछ। मनको उदासीनताले तपाईंमा नकारात्मक विचारहरू ल्याउँदछ। अत्यधिक धन खर्च हुनेछ। खानपानमा ध्यान राख्नुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आर्थिक आयोजन व्यवस्थित रूपले गर्न सकिनेछ। कलात्मक तथा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्नेछ। वस्त्र, गहना, सौन्दर्य सामग्री र मनोरन्जन क्षेत्रमा खर्च हुनेछ। परिवारमा सुख-शान्तिमय वातवरण रहनेछ। दाम्पत्य जीवन सुखमय रूपले बित्नेछ। धन लाभको अपेक्षा गर्न सकिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

परिवार र आफन्तहरुसँग सावधान रहुनु पर्छ। बिरामी वा दुर्घटनाको योग रहेको कारण त्यस सम्बन्धमा सावधान रहनुहोस्। मान-प्रतिष्ठामा आँच आउनसक्छ। खर्चको मात्रा बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आर्थिक आयोजना तथा नयाँ कार्य सुरू गर्नका लागि दिन शुभ रहनेछ। व्यवसायमा लाभ, रोजगारीमा पदोन्नती र आय स्रोतहरूमा वृद्धि भएको कारण आनन्द र सन्तुष्टि महसुस गर्नुहुनेछ। मित्र, पत्नी, छोराबाट शुभ समाचार प्राप्त हुनेछ। यात्राको योग बन्नेछ। प्रेम मामलाको लागे दिन अनुकूल रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

रोजगार र व्यवसायको क्षेत्रबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। आत्मविश्वास र मनोबलको साथ कार्य सरलताका साथ सम्पन्न गर्न सक्नुहुनेछ। उच्च अधिकारीहरूले तपाईंको कामको प्रशंसा गर्नेछन्। पदोन्नती मिल्नसक्छ। बुबाबाट लाभ मिल्नेछ। भूमि र सवारीसँग सम्बन्धित कामका लागि समय अनुकूल छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंको दिन धार्मिक कार्यमा व्यतीत हुनेछ। धार्मिक यात्राको योग बन्नेछ। वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त होला। दाजु-भाईबाट लाभ मिल्नेछ। अफिसमा उच्च अधिकारीहरूसँग सावधान रहनुहोस्। आर्थिक लाभ प्राप्त हुनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आकस्मिक धन लाभ मिल्ने सम्भावना छ। आध्यात्मिक प्रवृत्ति र सिद्धि प्राप्त गर्नका लागि दिन शुभ रहनेछ। नयाँ कार्य सुरु गर्नको लागि भने दिन अनुकूल रहने छैन। स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। शत्रुले तपाईंलाई हानि पुर्याउने कोशिश गर्नेछन्। जलाशय र महिलासँग यस दिन सचेत रहनुहोस्।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

नयाँ वस्त्र तथा वाहना सुख प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर साथ सहयोग प्राप्त हुनेछ। सामाजिक तथा सार्वजनिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। दाम्पत्य जीवनमा उत्तम सुखको अनुभूति हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

श्रमिक वर्गका लागि दिन लाभदायक साबित हुनेछ। आर्थिक लाभको सम्भावना छ। घरमा खुशीको वातावरण हुनेछ। कार्यक्षेत्रमा सफलता तथा ख्याति प्राप्त हुनेछ। विपक्षी र शत्रु आफ्नो चालमा असफल हुनेछन्। महिला साथीहरुसँग रमणीय भेट हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कला तथा साहित्य क्षेत्रमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। शेयर-सट्टाबाट फाइदा हुनेछ। साथी-भाईबाट विशेष लाभ मिल्ने सम्भावना छ। रमणीय यात्राको योग रहेको छ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आर्थिक आयोजना सफलतापूर्वक सम्पन्न हुनेछ। तपाईंले आमाबाट बढी प्रेम र भावनाहरूको अनुभव गर्नुहुनेछ। महिलाहरूले सौंदर्य सामग्री, वस्त्र वा गहना खरीदमा खर्च गर्नेछन्। विद्यार्थीहरूले अध्ययनमा सफलता प्राप्त गर्नेछन्। सार्वजनिक रुपमा मानहानि हुनसक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। आज तपाईंको विचारहरूमा स्थिरता हुनेछ जसले गर्दा तपाईं कुनै पनि कार्य राम्रोसँग समाधान गर्न सक्नुहुनेछ। जीवनसाथीसंग निकटता बढ्नेछ। साथी- भाईसँग छोटो यात्राको योग बन्ने सम्भावना छ। शत्रु पराजित हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah