काठमाडौं । रुसी मोडल ग्रेटा वेडलरको शव कारभित्र एक सुटकेटमा भेटिएको छ । २३ वर्षकी ग्रेटा करिब वर्ष दिनदेखि हराइरहेकी थिइन् तर उनको सोसल अकाउन्ट चलिरहेको थियो । ग्रेटा पहिलो पटक त्यतिबेला चर्चामा आएकी थिइन् जब उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई साइकोप्याथ (मनोरोगी) बताएकी थिइन् । उनको हत्यामा उनको राजनीतिक बयानबाजीको कुनै सम्बन्ध नभएको बताइएको छ ।

 

फक्स न्युजको रिपोर्टअनुसार मोडल ग्रेटा वेडलरको हत्या उनकै पूर्व प्रेमी दिमित्री कोरोविनले गरेका थिए । यो कुरा उनले लगभग वर्ष दिनपछि यो कुरा स्वीकार गरेका हुन् । कोरोविनले ग्रेटाको घाँटी थिची हत्या गरे र शवलाई सुटकेसमा राखेर कारको डिक्कीमा राखे । कोरोविनले आफ्नो अपराध कबुल गर्दै ग्रेटा वेडलरलाई ३०० माइल टाढा ड्राइभ गरेर रुसको लिपेट्स्कमा लगेको र त्यहाँ उनले शवलाई सुटकेसमा राखेर गाडीको डिक्कीमा यत्तिकै छोडिदिए ।

पैसाको विवादमा हत्या
दिमित्री कोरोविनले ग्रेटालाई पैसाको विवादमा मारेको बताएका छन् । कोरोविनले अनुसन्धान अधिकारीलाई दिएको जानकारी अनुसार उनी तीन रातसम्म एउटा होटलको कोठामा ग्रेटाको शवसँगै सुतेका थिए ।

ग्रेटाको मृत्युको पछि कोरोविनले नै उनको सोसल मिडिया पेजमा अपडेट गर्ने गर्दथे । यसो गरेर उनी कतै गायब भएको वा हत्या भएको कसैले पनि शंका नगरोस् भन्ने कोरोविनले चाहना राखेका थिए । अब ग्रेटाका पूर्व-प्रेमी कोरोविनले हत्याको कुरा स्वीकार गरेका छन् । उनले देखाएकै स्थानमा ग्रेटाको शव पनि भेटिएको छ ।

स्मरण रहोस्, युक्रेनसँग जारी युद्धका बीच रुसी मोडल ग्रेटाको शव भेटिँदा विभिन्न प्रकारको प्रश्न निम्तिएका छन् । वास्तवमा, रुसी मोडलले एक वर्ष अघि राष्ट्रपति पुटिनको खुल्ला रुपमा आलोचना गरेकी थिइन्, त्यसको केही समय पछि उनी हराएकी थिइन् । यद्यपि, अब उनको शव भेटिएको छ र हत्याराले पनि आफ्नो अपराध स्वीकार गरिसकेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88