
आज मिति वि.सं.२०७८ साल चैत्र ०५ गते । शनिबार । ईश्वी सन् २०२२ मार्च १९ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–प्रतिपदा, दिउसो १२ बजेर ३९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– हस्त, रातको १२ बजेर ५८ मिनेट उप्रान्त चित्रा । योग– वृद्धि, बेलुकी १० बजेर २३ मिनेट उपान्त ध्रुव । करण–कौलव, दिउसो १२ बजेर ३९ मिनेट उप्रान्त तैतिल, रातको १२ बजेर ०९ मिनेट उप्रान्त गर । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १२ मिनेट । दिनमान ३० घडी ०५ पला । वसन्तादी,तेल लगाउने । आँपको पाउला खाने । नालामत्स्येन्द्रनाथ स्नान । चँकयात । धुलयाँत, गणगौरवपूजा प्रारम्भ,नालान्हवं ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । ब्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ भने आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा): मायाप्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायमा गरेको लगानि फस्टाएर जाने तथा आम्दानिका स्रोत बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमता पुर्वक गरिएको श्रमबाट मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाईकै शिलशिलामा लामो दुरिको यात्रा तय गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो): खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानि गर्न सकिनेछ । घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): आफन्त तथा आत्मिय मित्रहरुसँग पुराना तथा चिसिएका सम्बन्धहरु राम्रो हुदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): समयको ख्याल गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): अध्ययनमा बिद्यार्थि वर्गहरुले अल्छि गर्नाले चाहेजस्तो सफलता प्राप्त नहुँन सक्छ । व्यापारमा समय लगानि गर्नेहरुका लागि बिदेशमा उत्पादन भएका सामानहरुबाट प्रशस्त आम्दानि हुनेछ भने स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दि आउँनेछ । तरपनि राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): व्यापार व्यावसायमा बृद्धि भई मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । विद्या तथा प्रतिष्पर्धामा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ भने घर परिवारमा सबैसँग सम्बन्ध सुमधुर बन्नेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । धार्मिक अनुष्ठान तथा मन्दिरमा गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्रतिष्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ ।