आइतबार अपराह्न ४ बजेकोे समय थियो । नेपाल प्रहरीको सशस्त्र प्रहरी गणको टोली विराटनगरमा आफ्नो काममा थियो । तीमध्ये एक टोली ‘स्ट्या’न्डबाई’ राखिएको थियो । त्यही टोलीमा थिइन् प्रहरी जवान उर्मिला श्रेष्ठ । दिउँसोदेखि मोरङको लेटाङ नगरपालिका– ५ खेरुवामा छात्रामाथि दु’र्व्यवहार भएको भन्दै एकजना शिक्षकविरुद्ध प्रर्दशन भइरहेको थियो ।शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौ,’न दु’र्व्यव’हार गरेको भन्दै स्थानीयले विद्यालय घे’राऊ गरेका थिए ।
दोहरो झ’डपमा मोरङ प्रहरीका एसपी जनार्दन जिसीसहित थुप्रै प्रहरी घा’इते भए । अध्यारो हुँदै गएपछि भीड आ’क्रोसित हुँदै गयो । प्रहरीलाई नै ल’खेट्न थाल्यो ।दोहोरो झ’डप बढ्दै जाँदा रातको ९ बजेको थियो । ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक (इन्सपेक्टर) रोमनराज अर्यालले भने,“सानो गेटबाट भागभाग हुन थाल्यो । प्रहरीमाथि सिसाका बो’तल, ढु’ङ्गामुढा ब’र्सिन थाले । त्यही क्रममा उ’र्लिएको भीडले उर्मीलामाथि आ,’क्रमण गर्यो । उनले ज्यान जोगाउन सकिनन् ।
घाँटीमा धा’रिलो ह,’तियारले प्र’हार भयो ।”अरुलाई सुरक्षित गर्न ड्युटीमा ख’टिएकी उर्मिला अ’पराधीहरुको हातबाट मारिइन् । दिउँसो १ बजेको समयमा स्थानीयले शिक्षकलाई नै कु’टपि’ट गर्ने अवस्था आएपछि थप मद्दतका लागि गणको टोली लेटाङ पुगेको थियो । ०७६ सालमा प्रहरी सेवामा प्रवेश गरेकी उर्मिलाको ६ महिनाअघि मात्रै प्रहरी जवान नवीन श्रेष्ठसँग विवाह भएको थियो । खोटाङ माइतीघर भएकी उर्मीलाको विवाहपछिको घर उदयपुर हो ।



