हुम्ला । हुम्लामा जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेकपा एमाले र माओवादी केन्द्रले मिलेर उम्मेदवारी दिने भएको छ ।

सभापति सहित ४ सदस्य नेकपा माओवादी केन्द्र र उपसभापति र ३ सदस्यमा एमालेले उम्मेदवारी दिने सम्झौता भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हुम्लामा जिल्ला समन्वय समिती चयनका लागि आज मनोनय दर्ता हुँदैछ । ७ वटा गाउँपालिकाबाट माओवादी ६, एमाले ४, कांग्रेस ४ जना गरि १४ जना मतदाता छन् ।