
संस्कारसहितको गुणस्तरीय शिक्षाकालागि मोरङको उर्लाबारी–६ स्थित मोरङ मोडल स्कुल अब्बल देखिएको छ । आजको पञ्चाङ्गम, गायत्रीमन्त्र बाचन, कलेजको सचू ना त्यसपछि राष्ट्रिय गानबाट विद्यालयमा विद्यार्थी र शिक्षकको बिहानी सुरु हुन्छ । यो अहिलेको समयमा नैतिकशिक्षा र संस्कारसहितको शिक्षाको दर्विलो उदाहरण हो । संस्कारयुक्त शिक्षालाई केन्द्रमाराखी अभिभावक र सरोकारवालाको सहकार्यमा प्रत्येक विद्यार्थीमा सिक्ने उत्सुकता जगाउँदै, जोखिम लिन सक्ने र परिवर्तनशील विश्वमा आइपर्ने जस्तोसुकै चुनौती सामना गर्न सक्ने सीपको विकास गर्ने लक्ष्य विद्यालयले लिएको छ गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिएर २०३७ सालमा स्थापित मोरङ मोडललेचार दशकको सफल शैक्षिक यात्रा पार गरेको छ । नर्सरी कक्षादेखि स्नातकसम्म सञ्चालित मोरङ मोडलमा हाल १ हजार १५० विद्यार्थी अध्ययनरत छन् । एक विघा क्षेत्रफलमा फैलिएको विद्यालयले भौतिक र प्रविधिको व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । विश्वविद्यालय सो सरहको संरचना, तीन वटा भवनमा सुविधासम्पन्न कक्षाकोठाको व्यवस्था गरिएको छ । विद्यालयले सैद्धान्तिकसँग व्यवहारिक ज्ञान दिएर विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिएको छ । कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य तथा होटल म्यानेजमेन्ट र स्नातक तहमा व्यवस्थापन संकायको पठनपाठन भइरहेको कलेजकाप्रबन्ध निर्देशक यादप भण्डारीले जानकारी दिनुभयो । विद्यालयमा उर्लाबारी, मधुमल्ला,दमक, पथरी शनिश्चरे, रतुवामाई क्षेत्रका विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । विद्याथीको आवागमनलाई सहजताका लागि चार वटा स्कुल बसको व्यवस्था गरिएको भण्डारीले बताउनुभयो । नियमित पठनपाठनका साथै विभिन्न अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले जोडदिएको छ । वार्षिक खेलकुद सप्ताहका साथै प्रत्येक साता नृत्य, गायन, भलिबल,हाजिरीजवाफ, स्वीमिङलगायतका क्रियाकलाप गर्दै आएको प्रिन्सिपल सन्दीप पौडेलले बताउनुभयो ।
यस्तैगरी, विपन्नतथा जेहेन्दार विद्यार्थीलाई प्रत्येक पालिकाको सिफारिसमा दुई जनालाई छात्रवृत्ति, कक्षा प्रथम हुनेलाई निःशुल्क पठनपाठनको व्यवस्था गरिएको उहाँले बताउनुभयो । साना बालबालिकालाई ध्यानमा राख्दै विद्यालय र अभिभावकको परामशर्म यस वर्ष ८४ लाख रुपैयाँ बराबरका खेलौनाका सामग्री ल्याएको विद्यालयले जनाएको छ । २०७८।०७९ देखि शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य लिएको सो विद्यालयले प्रत्येक वर्ष एसईईमा उत्कृष्ट नतिजा ल्याउनुका साथै विविएस तेस्रो वर्षमा ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । विज्ञान संकायमा अध्ययन गर्ने विद्यार्थीका लागि एसी रुमको व्यवस्था गरिएको छ । यस्तै, होष्टल र कोचिङ कक्षा निःशुल्क गरिएको छ । व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीले अध्ययनपछि बेरोजगार बस्नु नपरोस् भन्ने उद्देश्यले बेला मौकामा बैंकिङ सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्दै आएको विद्यालयका अध्यक्ष थरेन्द्र पौडेलले बताउनुभयो । विद्यालयले १२ महिनामा १२ वटा संस्कार सम्बन्धी तालिम प्रदान गर्दै आएको छ । टपरी गाँस्न, दशैंमा टिकाको आशीर्वाद, असारमा खेती गर्ने तरिका जस्ता व्यवहारिक ज्ञान प्रदान गर्दै आएको अध्यक्ष पौडेलले बताउनुभयो । शैक्षिक भ्रमणको क्षेत्रमा नेपालभित्रका महत्वपूर्ण स्थलमा लैजाने साथै विज्ञान प्रदर्शनी भएका ठाउँमा विद्यार्थीलाई लगेर अनुभव आदानप्रदान गर्ने गरिएको छ । होटल म्यानेजमेन्टका विद्यार्थीलाई प्रयोगात्मक कार्यका लागि दमकस्थित वन्डरल्याण्ड होटलमा लैजाने गरिएको छ । कलेजमा पर्याप्त खेलमैदानको व्यवस्था छ । साथै, सुविधा सम्पन्न क्यान्टिन, खानेपानी, शौचालय र सुरक्षाको व्यवस्था पनि गरिएकोछ । पछिल्लो समय उर्लाबारीका सामाजिक तथा प्रतिष्ठित युवाहरुले उर्लाबारी–६ स्थित मोरङ मोडेल मावि तथा कलेज व्यवस्थापनको जिम्मा लिएपछि उर्लाबारीको शिक्षा क्षेत्रमा नयाँ उत्साह थपिएको छ ।
सामाजिक, शैक्षिक एवम् वित्तीय क्षेत्रमा क्रियाशील युवाहरुको ब्यवस्थापनमाविद्यालय सञ्चालन हुन थालेपछि मोरङ मोडलको सान र मान थपिँदो छ । प्ले गपु्र देखि माध्यमिक तह र कलेजको शैक्षिक ब्यवस्थापनमा सुधार गर्ने र प्ले ग्रुप पूर्णतया मन्टेश्वरी बिधिमा सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण गरी पठनपाठन शुरु गरपेछि सो विद्यालयमा परिवतर्नका देखा पर्न थालेका छन् । विद्यालयका निर्देशक यादप भण्डारीका अनुसार ४० वर्ष अघि स्थापित भएर उर्लाबारीको शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मोरङ मोडलको गरिमा उच्च राख्न नयाँ टिम लागि परेको छ । सफलता समेत एकपछि अर्को बढ्दै गएका छन् ।विज्ञान प्रविधि, व्यवहारिक, सैद्धान्तिक एवम् गुणस्तरीय शिक्षामा अब्बल मानिएको सो विद्यालय अतिरिक्त क्रियाकलापतर्फ समेत अगाडि छ । वर्षेनि उत्कृष्ट नतिजा ल्याएको सो विद्यालयप्रति विद्यार्थीको आकर्षण दिन प्रतिदिन बढ्दो छ । अनुभवी दक्ष शिक्षक शिक्षिका, अनुशासित र मेहनती विद्यार्थी, अभिभावकहरुको भरपुर रेखदेख, भौतिक स्रोत साधन सम्पन्न भएकैले मोरङ मोडल कलेजप्रति दिनानुदिन विद्यार्थीहरुको आकर्षण बढोत्तरी भएको हो । मोरङ मोडलले ८३ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । आजको बेरोजगारी युगमा यो चानचुने कुरा होइन ।
स्वावलम्बी र दक्ष जनशक्ति निर्माण गर्न सैद्धान्तिक एवम् व्यवहारिक शिक्षा प्रदान गर्ने हेतुले विद्यालय सञ्चालनमा रहेको विद्यालयका अध्यक्ष पाडैलले बताउनभुयो । २०६५ सालदेखि प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापनका कक्षाहरु विद्यालयले सञ्चालन गर्दै आएको छ । त्यस्तै, व्यवस्थापन संकायमा कम्प्यूटर विज्ञान समूह र विजनेस समूह गरी कक्षा सञ्चालन गर्दै आएकोमा स्वावलम्वी र स्वरोजगार जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ २०७० सालदेखि होटल म्यानेजमेन्ट र ट्राभल्स एण्ड टुरिज्म विषयमा कक्षाहरु सञ्चालन गरिरहेको छ ।
यस्तैगरी सैद्धान्तिक एवम् व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्य अनुरुप मोरङ मोडलले २०६७ सालदेखि विविएस कक्षा सञ्चा वर्षेनि उत्कृष्ट नतिजा निकाल्दै आएको छ । युवाहरुको काँधमा मारेङ मोडलको जिम्मेवारी आएपछि शैक्षिक क्षेत्रमा परिवर्तनका लहरहरु देखा परेका छन् । सो विद्यालयले विद्यार्थी र अभिभावकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । यसपछि अभिभावक र विद्यालयबीचको सम्बन्ध प्रगाढ बन्ने अपेक्षा गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । यसैगरी, शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी र अभिभावकका लागि विभिन्न सेवा सुविधा थप गर्ने विद्यालयले जनाएको छ । यस्तै, विद्यार्थीहरुको पढाइलाई अझ प्रभावकारी बनाउन अभिभावकले खेल्नु पर्ने भूमिकालाई उजागर गर्न अभिभावक अभिमुखिकरण कार्यक्रम, विद्यार्थीहरुको हरेक महिना निःशुल्क स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था, विद्यार्थीहरुको अतिरिक्त क्षमता वृद्धिको लागि स्वीमिङ, संगीत, गायन, नृत्य, आर्ट, रेडियो आर्जे, खेलकुद, कम्प्यूटर प्रशिक्षणको व्यवस्था, स्थानीय धार्मिक, साँस्कृतिक, तहासिक र पर्यटकीय क्षेत्रहरु बारे जानकारी गराउने तथा विद्यार्थीहरुलार्इ मनोरञ्जन प्रदान गर्न नियमित अवलोकन भ्रमणको व्यवस्था गर्दै आएको निर्देशक भण्डारीले जनाउनुभयो ।