राप्रपा निकट विद्यार्थी सङ्गठन राप्रविसंका विद्यार्थी नेताहरू डा गोविन्द केसीको आन्दोलनको समर्थनको लागी सडकमै ओर्लिएका छन।आज सोलिडारीटी फर गोविन्द केसी सँगको सहकार्यमा सञ्गठनका अध्यक्ष राजिव लामीछाने र महासचिव राज बस्नेतको नेतृत्वमा सङ्गठनका नेताहरू सडकमै आएर समर्थन जनाएका हुन। राप्रविसं संसदमा प्रतिनिधित्व गर्ने दलहरू मध्यबाट केसीको आन्दोलनमा प्रत्यक्ष सहयोग गर्ने एक मात्र विद्यार्थी सङ्गठन हो।
एघारौ पटक सम्म अनसन बसेर सही बाटो देखाइदिँदा पनि राज्यपक्षले माफियाहरूकै पक्षमा लागेर जनताको स्वास्थ्यमा खेलबाड गर्दै लाचारीपन प्रश्तुत गरेको भन्दै सङ्गठनले केही दिन अगाडी राज्यपक्षको कृयाकलापको भर्त्सना पनि गरेको थियो। सङ्गठनले डा केसीले उठाएका मुद्दा हुबहु पारीत नभए सम्म केसीको आन्दोलन लाई निरन्तर साथ दिइरहने सङ्गठनका महासचिव राज बस्नेतले बताए।



