३ वटा बस्ती सफलतापुर्वक सम्पन्न गरि स्थानिय पिडितहरुलाई हस्तान्तरण गरिसकेको हाँस्यकलाकार तथा समाजसेवी धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुञ्जना घिमिरेको महोत्वाकांशी योजना अब विश्वले चिन्नेछ नेपाल नेपाल भित्रको नेपाल नमुना नेपाल निर्माणको नजिकै पुगेका छन् ।  जग्गाको बिषयलाई लिएर चिन्तित बनेका धुर्मुस सुन्तलीले आफुले खोजेजस्तै जग्गा भेटेको बताएका छन् । बाह्खरीले लेखेको छ ।

उनले फेसबुकमा एक स्ट्याटस पोष्ट गर्दै सरकारले स्विकृती दिएमा ललितपुरको लेलेमा नमुना नेपाल बन्ने बताएका हुन् । जग्गाको निरिक्षण गर्न त्यसतर्फ गएका धुर्मुस सुन्तलीले आफुहरुले खोजेको जस्तै जग्गा ललितपुरको गोदावरी नगरपालिकाको लेलेमा रहेको सत्य सामुदायिक बन भएको खुलाएका छन् ।

जग्गा हेर्न गएका धुर्मुस सुन्तलीलाई स्थानियले फुल माला सहित स्वागत गदैं परियोजना निर्माणका लागि सहमति पत्र समेत प्रदान गरेका थिए । कार्यक्रममा जिल्लाका बिशिष्ठ ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा धुर्मुसले लेले बासीको साथ र सहयोगले आफुहरु उत्साहित भएको र उहाँहरु जस्तै सबैले यस परियोजनामा साथ र सहयोग दिने बताए । ‘राष्ट्रिय गौरवको परियोजनालाई सरकारले पनि साथ दिने हामीले आशा राखेका छौं’ धुर्मुसले भने ‘यो हाम्रो मात्र सपना होईन सारा नेपालीको सपना हो ।’

आफुले खोजेजस्तै जग्गा भेटिएसंगै अब धुर्मुस नमुना नेपाल निर्माणको नजिक पुगेका छन् । मात्र अब उनीहरुलाई नेपालीहरुको साथ र सहयोगको खाँचो परेको छ । यसअघिका परियोजनाहरु जस्तै यसपटक पनि आम नेपालीले धुर्मुसलाई सहयोग गर्ने हो भने पक्कै पनि नमुना नेपाल सम्भव छ ।

धेरैले महत्वाकांक्षी परियोजना भनेपनि धुर्मुसलाई भने यो महत्वाकांक्षी योजना भए जस्तो लागेको छैन् । उनी भन्छन् ‘सहयोग ढिलो चाँडो उठ्छ, यो धेरै ठुलो बजेटमा बन्ने परियोजना हो, तर म यसलाई महत्वाकांक्षी योजना भन्दिन् ।’

उनले सामाजिक सञ्जालबाटै उक्त स्थानिय बासीले दिएको सहमति पत्र नागरिक उड्डयान मन्त्रालय मार्फत सरकारलाई प्रश्तावना समेत पेश गरिसकेको र सरकारले सकारात्मक भई यस परियोजनालाई स्विार गर्नेमा आफु विश्वस्त रहेको समेत खुलाए ।

सरकारले स्विकृती दिएको खण्डमा आफुहरु सबै प्रकृया मिलाएर तुरुन्त काम सुरु गर्ने र तोकिएको समयमै काम सम्पन्न गर्ने समेत उनले बताए ।

सम्पुर्ण नेपाल एकैपटक, एकैठाउँबाट हेर्न मिल्ने गरी निर्माण गरिने नमुना नेपाल बिश्वलाई नेपाल चिनाउने प्रयास पनि हो । नेपाल भरी रहेका सम्पुर्ण जातजातिको सांस्कृतीक प्रतिनिधित्व गर्ने यस नमुना नेपाल भित्र हिमाल, पहाड र तराईको जस्ताको त्यस्तै अनुभुती गर्न पाईनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah