सुर्खेत — नेपाली सेनाको इटहरीस्थित कृष्णदल गणमा कार्यरत गुर्भाकोट नगरपालिका–१४ का ३२ वर्षीय अनिल गुरुङ गत पुस ७ मा अफ्रिकी मुलुक कंगो गएका थिए । १३ वर्षअघि सेनामा भर्ना भएका गुरुङ मिलनसार, कर्तव्यनिष्ट र युद्धकलामा निपुण सिपाही मानिन्थे । उनको मंगलबार कंगोमा हतियारधारी समूहको आक्रमणमा मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत कंगोमा विद्रोहीको आक्रमणमा परी ज्यान गुमाएका अनिल गुरुङ ।

मृत्युको खबर सुनेदेखि उनका बुवा लालबहादुर विक्षिप्त छन् । लामो प्रयासपछि कान्तिपुरको सम्पर्कमा आएका उनी छोराको कुरा गर्दा पटकपटक भक्कानिए । ‘देशको सेवा गर्छु भनेर सेनामा भर्ती भएको छोरोले परदेशमा वीरगति पायो,’ उनले भने, ‘मेरो रगत देशले मागेको छ भनिरहन्थ्यो ।’

गुरुङसँगै सेनामा भर्ती भएका सुर्खेत, वीरेन्द्रनगरका कमल पुनले उनी बहादुर र मिलनसार सिपाही भएको बताए । ‘कसैसँग उसले नराम्रो व्यवहार गरेन,’ उनले भने, ‘कसैलाई नबिझाउने मानिसलाई भगवान्ले चाँडै लगे ।’ उनका अनुसार खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा पनि गुरुङ अब्बल थिए । गुरुङले काठमाडौं सोह्रखुट्टेकी विद्या महर्जनसँग १२ वर्षअघि विवाह गरेका थिए । विद्या ९ वर्षीय छोरासहित काठमाडौंमा बस्छिन् । लालबहादुरले मंगलबार नाति नाता पर्ने चन्द्रबहादुर गुरुङमार्फत छोराको खबर पाएका थिए । ‘दैवले बरु मलाई नै लगेको भए हुन्थ्यो,’ उनले भक्कानिँदै भने, ‘आफ्नो किरिया गर्ने छोरा मरेको पीडा कसरी सहने ?’

उनलाई छोराको शव एक साताभित्र नेपाल आइपुग्ने जानकारी आएको छ । सेनाको पश्चिम कमान्डले अनिल गुरुङको शव नेपाल ल्याउन पहल भइरहेको जनाएको छ । कमान्डपति उपरथी प्रेम शाहीले भने, ‘उनको कर्तव्यपालनको कदर गर्दै नेपाली सेनाका तर्फबाट राहतलगायत सहयोग गुरुङका परिवारलाई प्रदान गरिनेछ ।’

सम्बन्धित समाचार

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah