बर्दिया । बर्दियाको मधुवन नगरपालिका-३ स्थित गौरी महिला सामुदायिक वनभित्र ट्रिपर र ट्याक्टर प्रवेश गर्न निषेध गरिएको छ ।

जैविकमार्गमा रहेको सामुदायिक वन क्षेत्रमा बाघलगायत जंगली जनावरहरुको आवागमन हुने भएकाले उक्त स्थानबाट नदिजन्य पदार्थको ओसारपसार गर्ने साधनहरु निषेध गरिएको हो ।

वन्यजन्तुसँग सम्भावित दुर्घटना हुन नदिन जैविक मार्गमा मानवीय आवतजावतका साथै सवारी साधन आवागमन रोक्ने ब्यवस्था गर्न जिल्ला अनुगमन समितिले निर्देशन दिए अनुसार निषेध गरिएको हो ।

उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष जोड्ने जैविक मार्गलाई संवेदनशील मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर