काठमाडौँ । नायिका एलिजा गौतम पति एवंम पत्रकार ऋषि धमलाको बचाउमा उत्रिएकी छिन् । नेपाल वायुसेवा निगमको जहाजमा भिडियो रिपोर्टिङ गरेपछि पत्रकार ऋषि धमला फेरी विबादमा तानिएका बेला धमला पत्नि एलिजा पतिको बचाउमा उत्रिएकी हुन् ।

एलिजाले ‘हवाई यात्रामा रहेका राष्ट्रपति, प्रधानमन्त्रीसँग हवाईजहाजभित्रै पत्रकारले अन्तर्वार्ता लिन खोज्नु अन्तर्राष्ट्रिय प्रचलन हो । जहाज भित्र ईन्टरभ्यू लिने, दिने सायद नेपालको लागि नैलो देखिएको होला। तर संसारको लागि नौलौ चाहिँ हैन भन्दै सामाजिक संजालमा लेखेकी छिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार भारत भ्रमणबाट फर्कने क्रममा त्यही विमानमा रहेका धमला टेलिभिजनको क्यामरासहित भीआईपीतिर जबरजस्ती प्रवेश गरेका थिए ।

धमलाको यस्तो कार्यलाई लिएर प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ भने वायुसेवा सञ्चालक संघले कडा शब्दमा विरोध गरेको छ भने प्रेस काउन्सिलले २४ घण्टे स्पस्टीकरण सोधेको थियो ।

बिहिबार नै पत्रकार धमलाले प्रेस काउन्सिलमा स्पष्टीकरण पत्र बुझाएका छन्। उक्त लाइभ प्रशारणमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि धमला पत्रकार मर्यादाविपरीत कार्य गरेको स्वअनुगमनबाट पाइएपछि काउन्सिलले स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय