श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा छन् । रामेछाप मन्थली नगरपालिकाकी ९ घर भई लुभुमा बस्दै आएकी बिमली दुई छोरासंग थिइन् । उनको जेठो छोरा ५ वर्षका थिए भने दुई वर्षका छोरालाई यहि वैशाखमा विद्यालय भर्ना गर्ने योजना थियो । तर त्यो योजना अब कहिल्यै पुरा हुन नपाउने भयो । उनका दुई वर्षका छोरा आर्यनलाई कारले ठक्कर दिएर निधन भयो ।

छोराको नधिन भएको खबर थाहा पाएर कतार रहेका वीरेन्द्र पुरी बिहीबार मध्यरातमा काठमाडौं पुग्दैछन्। महालक्ष्मी नगरपालिका(८ लुभुमा २ वर्षीय छोरा आर्यनलाई कारले ठक्कर दिँदा बुधबार साँझ निधन भएको हो । छोराको दुर्घटना पछि बेहोस भएकी आमा बिमली दुइ दिन देखि बेहोस छन् । उनको अझै होस आएको छैन । उनीहरू लुभुको सेराफाँटमा डेढ वर्षदेखि टहरामा बस्दै आएका छन्।

बुधबार साँझ विमला आफ्ना ५ वर्षीय जेठा छोरालाई विद्यालयबाट लिएर घर फर्किएकी थिइन्। फर्किसकेपछि आफ्ना दुबै छोरालाई लिएर नजिकै चिया पसल सञ्चालन गर्दै आएकी दिदी देवकी पुरीको घर पुगेकी थिइन् । त्यही बेलामा उनको छोरालाई कारले ठक्कर दिएको थियो ।

सुरुमा कारले छोएको मात्र भएपनि पछि चक्कले पेलेर गएको दिदी देवकीले बताइन् । आर्यनलाई बा १६ च ३६८७ नम्बरको गाडीले ठक्कर दिएको हो। चालक लामाटार बस्ने ४१ वर्षीय सुजनराज शर्मा हुन्। उनी नेपाली सेनाका पूर्वजमदार समेत रहेको खुलेको छ । दुर्घटना भएपछि चालक शर्मा आफैंले आमा(छोरालाई गाडीमा हालेर इमाडोलस्थित किष्ट अस्पताल पुर्‍याएका थिए।

अस्पतालले आर्यनलाई सवा ६ बजे मृत घोषणा गरेको थियो । चालकले मापसे गरी सवारी साधन चलाउँदा दुर्घटना भएको आरोप लगाएका छन्। तर प्रहरीले भने उनले मापसे नगरेको बताएको छ। अहिले आर्यनको शव भने पोष्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
ksebecsekm.com