काठमाडौँ – पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसममा सामान्य बदली देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवार बिहान देशका विभिन्न स्थानको मौसममा सामान्य बदली आएको छ।

प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आज मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो पनि देशका विभिन्न स्थानमा मौसम बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।

राति देशका पहाडी भू-भागमा सामान्य बदली रही प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय