काठमाडौँ । स्थानीय तह चुनावबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक मंगलवार पनि बस्दैछ ।

आउँदो वैशाख ३० गतेका लागि तोकिएको निर्वाचन सार्ने अनौपचारिक र आन्तरिक छलफल भइरहेको अड्लबाजीकाबीच पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गठबन्धनको बैठक मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको हो । बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल हुने जनाइएको छ । बैठकमा कहाँ कसरी तालमेल गर्ने, कसले कसलाई केका आधारमा छाड्ने भन्नेबार कुराकानी हुनेछ ।

यसअघि सोमबारको बैठकले अवस्था र ठाउँ अनुसार गठबन्धनले तालमेल गर्ने भन्दै सोही अनुसार अघि बढ्न नेताकार्यकर्तालाई आग्रह गरेको थियो ।