बिष्णुप्रसाद पोखरेल
दमक/करिब ३ सय अरवको लागतमा झापाको दमकमा बन्न लागेको दमक क्लिन ग्रीन औधोगिक पार्कको डिपीआर लगायतका कामहरु शुरु भएको दमक नगरपालिकाले जनाएको छ ।

उपलब्ध भइसकेका जग्गाहरुको ब्यवस्थापन र आवश्यक बिस्तृत परियोजना विवरण अर्थात डिपीआर तयारको काम शुरु भइसकेको जानकारी दिईएको हो ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार औधोगिक पार्कको बिषयमा काठमण्डौमा गएर समेत ब्यवसायि लगायतका सरोकारवाला निकायका पदाधिकारीहरुसंग छलफल गरिएको छ ।

https://www.youtube.com/watch?v=Lwv_FHyojx4

केहि महिना अघि गरिएको कुराकानी

नगरप्रमुख ओली र उपप्रमुख गिता अधिकारी सहितको टोलीले उद्योगी ब्यवसायिहरुसंग छलफल गरेको र यसलाइ तत्काल शुरु गर्ने तयारी भएको जानकारी दिइएको छ ।

स्थानीयहरुले दमक १० मा खोलो उकासेर बनाएको स्थानीय सामुदायिक बन र स्थानीयहरुले पार्कका लागि जग्गा उपलब्ध गराएपछि यहाँ काम शुरु भएको जानकारी गराइएको छ ।

चीन सरकारले ल्याएको ‘वान वेल्ट वान रोड’ कार्यक्रममा समेत यहाँ औधोगिक पार्क निर्माण गर्ने सहमति भएपछि स्थानीयहरु उत्साहित रहेको पार्क निर्माणका लागि समन्वय गरिरहेका युवा संघका केन्द्रिय उपाध्यक्ष समेत रहेका गोबिन्द थापाले बताए ।

रतुवा खोलालाइ ब्यवस्थित तटबन्धन सहितको यो योजनाले दमकको मात्र नभएर प्रदेश नं. १ कै मुहार फेरिने बताइदै आएको छ ।

https://www.youtube.com/watch?v=I0JmbnTVbKU

यहाँ उद्योगहरु निर्माण शुरु भएपश्चात प्रारम्भिक चरणमा नै करिब १ लाखले रोजगारी पाउने र निर्माण सम्पन्न भएपश्चात प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ५ लाखभन्दा बढिले रोजगारी पाउने बताइन्छ ।

दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालका अनुसार सरकारले आसपासको जग्गाको मुआब्जा प्रदान गर्नका लागि रकम समेत बिनियोजन गरेको र असार मसान्तसम्म त्यो काम नभएकाले पैसा फिर्ता गएको बताए । उक्त रकममा फेरी थपेर आउने चरणमा रहेको जनाउदै अब द्रुत गतिमा काम अघि बढ्ने उनको भनाइ रहेको छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जग्गा अधिग्रहण तथा मुआम्जा प्रदान गर्ने समिति बनेर त्यो समितिले काम समेत शुरु गरिसकेको उनको भनाइ रहेको छ ।

मालपोत लगायतका सरोकारवाला सबै निकायका प्रमुखहरु सहित बसेर जग्गाको अधिग्रहण तथा मुआब्जा प्रदान गर्ने निर्णय भएको जनाईएको छ । यसका लागि स्थलगत अध्ययन गरेर प्रतिवेदन दिन सरोकारवाला निकायहरुलाइ समितिले निर्देशन दिइसकेको जनाइन्छ ।

(दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले केहि महिना अघि पत्रकार सम्मेलन गरेर पार्कको बिषयमा जानकारी दिएको भिडियो र दमक नगरपालिकामा निर्वाचित भएपछि जनप्रतिनिधिले राजधानीमा गएर यस बिषयमा छलफल गरेको बिषयमा नगर उपप्रमुख तथा प्रवक्ता गिता अधिकारीले दिएको जानकारी समचारसंग मिल्ने भएकाले हालिएको हो । सम्पादक)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah