काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेको नेपाल परिवार दलले २१ पालिकाको प्रमुखको उम्मेदवारी आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ ।

परिवार दलका महामन्त्री सन्तोष पौडेलले २१ पालिकामा परिवार दलको बलियो संगठन रहेको दावी गरे । ‘जहाँ परिवार दल बलियो छ, त्यहाँ हामीले उम्मेदवारी दिन्छौं’, उनले भने, ‘जहाँ एमाले बलियो छ, त्यहाँ हामीले एमालेलाई सहयोग गर्छौं ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्वपश्चिम राजमार्गसँग जोडिएका तराइका जिल्लामा आफ्नो संगठन रहेको दाबी गर्दै पौडलले बताए । उनले अनलाइनखरबसँग भने, ‘२१ ठाउँमा पालिका प्रमुखमा कुरा भएको छ । परिवार दलबाट प्राप्त लिस्टहरु हेरेर निर्णय गर्ने एमालेले जानकारी गराएको छ ।’

अघिल्लो स्थानीय तहको निर्वाचनमा परिवार दलले मुगुको एक वडा सदस्यमा जित निकालेको थियो । यसपटक भने वडा तहको बाँडफाँट जिल्ला तहमै टुंगिने पौडेलले बताए ।

गत निर्वाचनमा पनि यी दुई दलबीच एउटै चुनावमा प्रतिस्पर्धा गर्ने सहमति गरेका थिए ।