काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ८७७ जनाको कोरोना परीक्षण गर्दा थप १३ जनामा कोरोन संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ५२८ जनाको पीसीआर र एक हजार ३ सय ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार २५ जना संक्रमित निको भएकाे मन्त्रालयले जनाएकाे छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ। मन्त्रालयका अनुसार हाल देशभर ३१८ जना सक्रिय संक्रमित छन्।