मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईलाई शारीरिक र मानसिक रुपबाट स्फूर्ति महसुस हुनेछ । घरको वातावरण आनन्ददायी रहनेछ। आर्थिक लाभको साथै व्यवसायमा सन्तुष्टि अनुभव गर्नुहुनेछ। सामाजिक दृष्टिबाट तपाईको प्रतिष्ठामा वृद्धि हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

यसदिन तपाइको आकस्मिक खर्च हुने सम्भावना रहेको छ । विद्यार्थीलाई पढ्न र लेख्नमा कठिनाईको सामना गर्नुपर्नेछ। घरमा सुख-शान्तिको वातावरण बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा सहकर्मीहरूको सहयोग राम्रो हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यसदिन तपाई घर, जग्गा आदि पत्र वा कागजातको बिषयमा सावधान हुनुपर्दछ। परिवारको साथ बिनाकारण तनाव बढ्नेछ। सन्तानको बारेमा तपाईलाई चिन्ता रहनेछ। आकस्मिक धन खर्च हुने सम्भावना रहेको छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यसदिन आध्यात्मिक र रहस्यमय ज्ञान प्राप्त गर्न राम्रो रहनेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ । यसदिन तपाईले आफुलाई अलि बढी संवेदनशील महसुस गर्नुहुनेछ । धन खर्च हुने सम्भावना रहेको छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

यसदिन तपाई कुनै पनि कार्यमा विजयी हुन सक्नुहुनेछ। परिवारसंग आनन्दमयी समय बिताउनुहुनेछ। तर मध्यान्हपछि कुनैपनि कार्य गर्दा सोचेर निर्णय लिनुहोस्। तपाइलाई आफ्नो प्रेम-सम्बन्धले मनमोहक बनाउनेछ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

यसदिन तपाईको शुभ रहनेछ। तपाईको आफ्नो बोलीको प्रभावले प्रेम सम्बन्ध स्थापित गर्न सक्षम हुनुहुनेछ। तपाईको वैचारिक समृद्धिले अन्य मानिसहरूलाई प्रभाव पार्दछ। व्यावसायिक दृष्टिबाट यस दिन लाभदायी हुनेछ । मन आनन्दित रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आकस्मिक खर्च हुने सम्भावना रहेको छ। शारीरिक र मानसिक अस्वस्थताको कारण साथीहरुसंग झ-गडा हुनसक्छ, यसको ख्याल गर्नुहोस। मध्यान्हपछि स्थितिमा सुधार आउनेछ। मानसिक स्वस्थताको साथ बोलीको मिठोपनले अन्य मानिसहरूलाई पनि खुशी पार्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

तपाईलाई थुप्रै क्षेत्रमा लाभ प्राप्त हुनेछ। धन प्राप्तिको लागि राम्रो योग रहेको छ । मध्यान्हपछि तपाईलाई शारीरिक र मानसिक अस्वस्थता को अनुभव हुनेछ। आफ्नो रिसलाई संयम राख्नुहोस।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

यसदिन तपाईको लाभदायी रहनेछ ।घर र व्यापार दुबैको क्षेत्रको रमाईलो वातावरणले तपाईलाई प्रफुल्लित राख्नेछ। शारीरिक स्वास्थ्य पनि राम्रो रहनेछ। व्यवसायमा लाभ मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईको यसदिन पूर्णरुपमा शुभ फलदायी रहेनछ । विदेशस्थित नातेदारको समाचारले तपाइको मन प्रफुल्लित हुनेछ। धार्मिक यात्राको सम्भावना रहेको छ। तपाइको मनमा रहेको कार्य योजना पुरा हुनेछ। व्यवसायी वर्गलाई व्यवसायबाट लाभ हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यसदिन तपाई आफ्नो रिसलाई संयम राख्नुहोस। परिवारजनको साथ विवाद हुने सम्भावना रहेको छ। मध्यान्हपछि परिवार र साथीहरूसँग राम्रो समय बित्नेछ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

यसदिन तपाईलाई दैनिक कार्यमा शान्ति प्रदान गर्नेछ। तपाई आफ्नो बोलिलाई संयम राख्नुहोस्। मध्यान्हपछि तपाईको स्वास्थ्य बिग्रिने सम्भावना रहेको छ। आर्थिक रुपमा हानि हुने सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
babaslot
mimislot
palabraenpie.org
slot88