काठमाडौं । फोर्ड मोटर्सपछि भारतमा निसान मोटर्सको सस्तो गाडी उत्पादन गर्ने ब्राण्ड डाट्सनले आफ्नो उत्पादन बन्द गरेको छ । पहिला पनि उत्पादन बन्द गरेर सन् २०१३ बाट पुनः उत्पादन सुरु गरेको डाट्सन पछिल्लो समय भारतमा मात्रै उत्पादन भइरहेको थियो । अब सधै र सबै देशमा डाट्सनको उत्पादन बन्द भएको हो ।

भारतमा करिब ९ वर्ष उत्पादन चलेको डाट्सन अब भने सधैंको लागि बन्द भएको हो । डाट्सनको ९१ वर्षे इतिहासमा थुप्रै आरोह अवरोह देखिएको थियो । निसानले यसअघि रसिया र इन्डोनेशियामा डाट्सनको उत्पादन बन्द गरेको थियो । तर, भारतमा भने डाट्सनको गो, गो प्लस र रेडी गोगरी तीनवटा मोडलहरु उत्पादनमा थिए ।

यस अघिनै कम्पनीले गो र गोप्लसको उत्पादन बन्द गर्दै २०२१ मा फेसलिफ्ट डाट्सन रेडी गो बजारमा ल्याएको थियो । अबभने रेडी गोको पनि उत्पादन पूर्णरुपमा बन्द भएको अटोकार इन्डियाले उल्लेख गरेको छ ।

विशेषत विक्रीमा आएको व्यापक गिरावटको कारण डाट्सनले आफ्नो उत्पादन बन्द गरेको हो । सन् २०२१ जम्मा ४ हजार २९६ यूनिट मात्रै डाट्सनका कार विक्री भएका थिए ।

उत्पादन बन्द भएता पनि निसानले ड्याट्सनका ग्राहकहरुलाई सर्भिस, स्पेयर्स पार्टस तथा वारेन्टीको सुविधा उपलब्ध गराउने जनाएको छ । निसानकै नेटवर्कमा डाट्सनका गाडीले सर्भिस लगायतका सुविधाहरु पाउनेछन् ।

नेपालमा पनि डाट्सनको कार पायोनीयर मोटर्सले विक्री गर्दै आएको थियो । गत वर्षबाट नै कम्पनीले डाट्सनको शोरुम बन्द गरी निसानको शोरुमबाटै विक्री लगायतका सेवा दिदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88