
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
आर्थिक र व्यावसायिक दृष्टिले दिन लाभदायक छ । व्यवसायको लागि योजना बनाउन सक्नुहुन्छ। परोपकारको उद्देश्यले गरिएको कार्यले मन प्रफुल्लित हुनेछ । आर्थिक लाभको आशा राख्न सक्नुहुन्छ । बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार प्रतित हुनेछ ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
परिश्रमको अनुपातमा अल्प परिणाम मिल्नाले निष्ठापुर्वक कार्यलाई अगाडी बढाउनु हुनेछ । तपाईको क्षेत्रको विशालता र बोलीको मधुरताले अन्य व्यक्तिलाई प्रभावित गर्न सक्नुहुन्छ । कला तथा पढाई-लेखाईमा रुची रहनेछ । विद्याभ्यासको लागि अनुकुल समय छ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
अत्यधिक भावनाशीलले तपाईको मनलाई संवेदनशील बनाउनेछ । विशेष रुपले जलाशय र स्त्रीवर्गबाट सचेत रहनु पर्नेछ । आमाको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ । शारीरिक र मानसिक स्वास्थ्य खराब होला ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
कार्य सफलाताले नयाँ बाटो देखाउनेछ । यसकारण तपाईको आनन्द-उत्साह बढ्नेछ । मन ताजा र प्रफुल्लित अनुभव गर्नुहुनेछ । मित्र र आफन्तसँग भेट हुनेछ । कार्यक्षेत्रमा प्रतिस्पर्धी पराजित हुनेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
तपाईको दिन मिश्र फलदायी रहला । कार्य निर्धारित सफलता मिल्नेछैन । परिवारमा मेल-मिलापको वातावरण रहनेछ टाढा बस्ने आफन्तसंग संदेश व्यवहार लाभदायक साबित हुनेछ । आम्दानीभन्दा धेरै खर्च हुन सक्ला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
वैचारिक समृद्धि बढ्नेछ । व्यापार-धन्दाको लाभका साथै सफलता मिल्नेछ । शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहला । मित्र एवम आफन्तसँग भेट हुनेछ दाम्पत्यजीवनमा मधुरता रहनेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
स्वास्थ्यको विषयमा ध्यान राख्नुपर्ने हुन्छ । मानसिक स्वस्थता कम रहनेछ । अविचारी र मनमानी व्यवहारले समस्या उत्पन्न गर्नेछ । बोलीमा ध्यान राख्नुपर्ने हुन्छ मनोरंजनमा पैसा खर्च हुन सक्ला ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
पेसा-व्यवसायको क्षेत्रमा लाभ नै लाभ प्राप्त हुन्छ । यसमा साथै आफन्त र वृद्द्को तर्फबाट लाभ प्राप्त हुन सक्ला । सामाजिक समारोह , पर्यटन जस्ता प्रसंगमा जानुहुन्छ । शरीर र मनबाट निकै प्रफुल्लित रहनुहुन्छ । आयको श्रोत बढ्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
तपाईको प्रतिष्ठा वृद्दि हुनेछ । कार्यक्षेत्रमा उच्च पदाधिकारी खुशी रहनेछन् । परिवारमा आनन्दमय वातावरण रहनेछ । पिता तथा सरकारको तर्फबाट लाभ प्राप्त हुनेछ । आर्थिक योजना पूरा गर्न सक्नुहुन्छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
बौद्धिक कार्य वा साहित्य लेखन प्रवृत्तिको लागि शुभ दिन छ । व्यवसायको क्षेत्रमा प्रतिकुल वातावरण रहला । शारीरिक थकान महसुस हुनेछ । सन्तानको समस्याले चितित रहनुहुन्छ । गलत रुपमा पैसा खर्च होला।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
निषेधात्मक कार्य र नकारात्मक विचारबाट टाढा रहनुहोला। झगडा वा विवादबाट बच्नुहोला। पारिवारिक वातावरण कलुषित होला । आर्थिक समस्या अनुभव होला । भगवानको स्मरण र आध्यात्मिकताले मानसिक बोझ हल्का होला ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
दैनिक कार्यबाट बाहिर निक्लेर घुमफिरमा दिन बिताउनुहुनेछ । आफन्त तथा मित्रसँग पिकनिकमा जान सक्नुहुन्छ । सिनेमा, नाटक वा बाहर भोजन गर्नको लागि शुभ दिन छ । व्यवसायमा सहयोगीको सहयोग प्राप्त होला । दांपत्यजीवनमा अधिक निकटता स्थापित हुन सक्ला ।