काठमाडौं । सत्तारुढ गठबन्धनले बैशाख २३ गते शुक्रबार काठमाडौंमा केन्द्रीय तहको चुनावी सभा गर्ने भएको छ ।

यसअघि सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको गठबन्धनले अघिल्लो निर्णय संशोधन गर्दै केन्द्रीय तहको एउटा मात्र सभा काठमाडौंमा शुक्रवार दिनको १ बजे गर्ने भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजगत्वमा बसेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी तथा अनुगमन गर्ने संयन्त्रले केन्द्रीय तहमा मात्र चुनावी सभा गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्यक्रम काठमाडौंमा मात्र गर्ने निर्णय गरेको संयन्त्रले अन्य चुनावी सभाहरु आवश्यकताका आधारमा गठबन्धनका दलहरुले स्थानीय तहमै गर्नसक्ने समेत निर्णय गरेको छ ।

काठमाडौंमा आयोजना हुने केन्द्रीय तहको चुनावी सभालाई गठबन्धनम आवद्ध दलका शीर्ष नेताले सम्बोधन गर्ने संयन्त्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।