भरतपुर १९ मा फेरि चुनाव गर्ने सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुहुन्छ ?

यो दुर्भाग्यपूर्ण फैसला हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कसरी ?

नेपालको इतिहासमा स्वतन्त्र न्यायपालिकामाथि राज्यसत्ताको हस्तक्षेपको दृष्टान्तको रुपमा मैले लिएको छु । यो हामी जस्ता लोकतन्त्र र न्यायका लागि लडेका नागरिकका लागि अन्यन्तै दुःखद फैसला हो । न्यायपालिकाको इतिहासमा राज्यसत्ताको हस्तक्षेप भएको प्रमाणको रुपमा मैले लिएको छु ।

यो खाले फैसलाको अपेक्षा थियो ?

मैले कल्पना पनि गरेको थिइन् । राज्य सत्तासँगको लडाईं हो, निरन्तर लड्नेछु ।

चुनाव हुने नै भइहाल्यो, अब के गर्नुहुन्छ त ?

अन्तिम फैसलाकर्ता भनेका जनता हुन्, म जनताको अदालतमा पुनः दृढतापूर्वक जान्छु । जनताको जनादेशबाट पूर्ण प्रमाणित भएर आउन चाहन्छु । मलाई विश्वास छ, भरतपुर १९ नम्बरका जनताले न्यायपूर्ण निर्णय गर्नुहुनेछ ।

भरतपुरका मतदाताहरु के भन्छन् ?

उहाँहरुले मलाई हौसला दिइरहनुभएको छ । निराश नहुनुस, न्यायको साथमा छौँ, अघिल्लोपटक पनि मतदान गरेका थियौँ, यसपटक पनि तपाईंलाई नै मतदान गर्छौं भनिरहनुभएको छ ।

प्रस्तुतिः गणेश पाण्डे/दैनिक नेपाल