मजदुरहरुद्धारा सञ्चालित दमक- ६ मा रहेको स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले शनिवार हाम्रो बाल आश्रम सहयोग दिएको छ ।
संस्थाको १० औं वार्षिकोत्सवका अवसर पारेर संस्थाले सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत दमक २ मा रहेको उक्तआश्रमलाई १ थान लोबेड , १ थान स्टेनफेन , स्टेशनरी तथा खाद्यसामान हस्तान्तरण गरिएको व्यवस्थापक जीवन मगरले बताए ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष ईन्द्र कुमार राई , सञ्चालक समिति तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

ती सहयोग सामाग्री आश्रमका सञ्चालक प्रकाश थापालाई हस्तान्तरण गरिएको थियो ।सहकारीले आफनो बार्षिकोत्सवका अवसर पारेर विभिन्न सामाजिक कार्यहरु गरिआएको छ । आश्रममा एक दर्जन अभिभावकविहीन तथा सडक बालबालिकाहरु संरक्षित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय