मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको स्वभाव उग्रता र जिद्दी व्यवहारलाई नियन्त्रण गर्न जरुरी छ। मिहिनेत गरेर अपेक्षित सफलता नपाउँदा मनमा उदासी रहनेछ। शारीरिक स्वास्थ्य कमजोर रहनेछ । सन्तानप्रति चिन्ता रहनेछ। सरकारी काममा सफलता मिल्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको कार्य सफलतामा दृढ मनोबल र आत्मविश्वासको भूमिका रहनेछ। पिताको पक्षबाट लाभ मिल्नेछ। विद्यार्थीले अध्ययनमा रुचि कायम राख्न सक्नेछन्। सरकारी काममा सफलता वा लाभ मिल्नेछ। सन्तानको पछाडि धन खर्च हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपईको दिनको सुरुवात ताजा र ऊर्जावान महसुस गरेर हुनेछ। भाग्यको अवसर मिल्नेछ। नयाँ कार्यको थालनी गर्न सकिनेछ । इष्टमित्र, आफन्त तथा छिमेकीसँगको सम्बन्ध सुमधुर रहनेछ। आर्थिक रुपमा गणेशजीको कृपाबाट लाभ मिल्ने छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मनमा केही निराशाका कारण मन खिन्न रहनेछ। परिवारको सदस्यसँग मनमुटाव हुन सक्ला। विद्यार्थीको मन पढाइमा एकाग्र हुनेछैन। पैसा खर्च बढ्नेछ। मन असन्तुष्टिको भावनाले घेरिएको हुनेछ। अनैतिक प्रवृत्तिमा नपर्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आत्मविश्वास र छिटो निर्णयले काममा अगाडि बढ्न सकिनेछ। समाजमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । बुबा वा ठूला व्यक्तिबाट लाभ मिल्नेछ। स्वास्थ्यमा केही गुनासो आउनेछ । दाम्पत्य जीवनमा मधुरता अनुभव हुनेछ। सरकारी काम चाँडै सम्पन्न हुने देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक तथा मानसिक चिन्ताले सताउनेछ। तपाईको अहंकार कसैसँग झगडाको कारण बन्नेछ। आकस्मिक धन प्राप्त होला। दाम्पत्य जीवनमा अशान्ति हुनेछ। मानसिक तथा शारीरिक स्वास्थ्य बिग्रनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

घरायसी जीवनमा हर्षोल्लास छाउनेछ। आय वृद्धिको योग छ। कार्यालय र व्यापार क्षेत्रमा अनुकूल वातावरण रहनेछ। पदोन्नति हुने योग छ। परिवारको सदस्य र साथीभाइ खुसी रहनेछन्। व्यावसायी वर्गको व्यापार लाभदायक हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईको सबै काम सफलतापूर्वक सम्पन्न हुनेछ। घरायसी जीवनमा सुख र सन्तुष्टि रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। समाजमा मान सम्मान मिल्नेछ । सन्तानको सन्तोषजनक प्रगतिले आनन्द दिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

कुनै पनि खतरनाक कदमले तपाईलाई समस्यामा पार्न सक्छ। कुनै पनि काममा उत्साहको कमी रहनेछ । शारीरिक तथा मानसिक रूपमा चिन्तित र चिन्ताजनक समय रहनेछ। नोकरी-व्यवसायमा कठिनाइ र अवरोध सिर्जना हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

नकारात्मक विचारबाट टाढा रहनुस र खानपिन्मा ध्यान दिनुहोला। अचानक पैसा खर्च हुनेछ। औषधि उपचारमा खर्च हुने सम्भावना छ । व्यापारमा साझेदारसँग आन्तरिक मतभेद बढ्नेछ। रिसलाई नियन्त्रणमा राख्नुहोला । सामाजिक कार्यमा यात्राको योग रहेको छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रेम, रोमान्स, यात्रा, पर्यटन र मनोरञ्जनमा तपाईंको दिन बित्नेछ। आफन्त तथा साथीभाइसँग खानपिनको लागि कतै जाने अवसर मिल्नेछ। साझेदारसँग राम्रो सम्बन्ध रहनेछ। सार्वजनिक जीवनमा मान र प्रतिष्ठा मिल्नेछ। दृढ आत्मविश्वासका साथ काममा सफलता मिल्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दैनिक कार्य सहज रुपमा सम्पन्न हुनेछन् । घरमा सुख शान्तिको वातावरण रहनेछ। स्वभावमा उग्रता रहनेछ। जसकारण बोली र व्यवहारमा सावधानी अपनाउन आवश्यक छ । सहकर्मीको सहयोगले व्यावसायिक क्षेत्रको काम सहज बन्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah