काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं. २०७९ बैशाख २४ गते शनिबार हो। शनिबार बैशाख महिनाको शुक्लपक्षको षष्ठी तिथि हो।

बैशाख २४ गते ग्रह-नक्षत्रका स्थितिका कारण धेरै राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका जातकले कठिनाईको सामना गर्नुपर्नेछ। शनिबारको दिन माता लक्ष्मीलाई समर्पित हुन्छ। यसैकारण शनिबारको दिन माता लक्ष्मीको विधि-विधानपूर्वक पूजा-अर्चना गरिन्छ। शनिबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

बैशाख २४ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – शनिबार (Saturday)।।। नक्षत्र – पुनर्वशु , ९:४० बजे उप्रान्त तिष्य ।।। तिथि – षष्ठी , ११:४४ बजे उप्रान्त सप्तमी ।।। करण – तैतिल ११:४४ बजेदेखि गर , २४:३६ बजे उप्रान्त वव ।।। योग –शूल , १७:४१ बजे उप्रान्त गण्ड ।।। बैशाख २४, २०७९, शनिबार ।।। ७ मे, सन् २०२२ ।।। षष्ठी, बैशाख शुक्लपक्ष ।।। बछलाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ५: २२ ।।। सूर्यास्त(sunrise) – १८:४० ।।। कार्यक्रमहरू : किराँत समाज सुधार दिवस ।।। शुभ साइत : – रुद्री गर्ने साइत ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मन अशान्त रहनेछ। शैक्षिक कार्यमा सचेत रहनुहोस्। बाधा-अवरोध आउन सक्छ। कारोबारमा साथीभाईको सहयोग मिल्न सक्छ। बोलीमा मिठासपन आउनेछ। आत्मनिर्भरको बाटोको तय गर्नुहोस्। शैक्षिक कार्यको सुखद् नतिजा मिल्नेछ। यात्राको अवसर जुर्न सक्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

क्षणिक रिसले दुर्घटना निम्त्याउन सक्छ। स्वास्थ्यको ख्याल राख्नुहोस्। खर्चमा वृद्धि हुन् सक्छ। साथीभाईको सहयोग मिल्नेछ। आफ्नो भावनालाई नियन्त्रणमा राख्नुहोस्। सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारको सहयोग प्राप्त हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

बोलीमा मिठास रहनेछ। परन्तु धैर्यशील रहनुहोस्। जागिर परिवर्तनको सम्भावना बनेको छ। आत्मविश्वासको कमी हुनेछ। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ। खर्चमा वृद्धि हुनेछ। पढाइमा कठिनाइ आउन सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

बानीब्होरामा संयमता अपनाउनुहोस्। क्रोधबाट टाढै रहनुहोस्। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। जीवनसाथीबाट राम्रो साथ-सहयोग पाउनुहुनेछ। पारिवारिक समस्याले सताउनेछ। कामको दायरा बढ्न सक्छ। काममा मेहनत बढी पर्नेछ। मन अशान्त रहनेछ। तनाव नलिनुहोस्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

धैर्य गर्नुहोस्। काममा प्रगतिको योग छ। जागिरमा सरुवा हुन् सक्छ। सन्तानबाट सुखद् समाचार प्राप्त गर्नुहुनेछ। रहन-सहन अव्यवस्थित हुन् सक्छ। आयमा सुधार हुनेछ। आमाको सहयोग पाउनुहुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

धार्मिक सङ्गीतप्रति झुकाव बढ्न सक्छ। मन प्रसन्न रहनेछ। व्यवसाय विस्तारमा खर्च बढ्न सक्छ। परिवारको सहयोग मिल्नेछ। प्रत्येक क्षण क्रोधको प्रभाव रहनेछ। जागिरमा कार्यक्षेत्र परिवर्तन हुन् सक्छ। आयमा वृद्धि हुन् सक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मन अशान्त रहनेछ। संयमित हुनुहोस्। धेरै रिस नगर्नुहोस्। जागिरमा प्रगतिको अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ। सम्पतिको मर्मत सम्भारमा खर्च बढ्न सक्छ। व्यापारमा कठिनाइ आउन सक्छ। धैर्यवान हुनुहोस्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

आत्मविश्वासले भरिपूर्ण रहनुहुनेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ। बौद्धिक कार्यमा मान सम्मान मिल्नेछ। आत्मविश्वासले भरिपूर्ण रहे पनि धैर्यशीलताको कमी रहनेछ। पैतृक सम्पत्तिबाट लाभ हुन सक्छ। परिवारमा धार्मिक कार्यको आयोजना हुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

मन चञ्चल हुनेछ। आत्मविश्वासको कमी हुनेछ। संयम बन्नुहोला। अनावश्यक झगडाबाट टाढै रहनुहोस्। बुढापाकाबाट धन प्राप्त हुनेछ। कुराकानीमा धैर्य राख्नुहोस्। कला एवं सङ्गीत प्रति रुचि बढ्नेछ। जागिरमा स्थान परिवर्तनको योग छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मनमा नकारात्मक विचारहरु आउन सक्छ। मानसिक शान्तिका लागि योग गर्नुहोला। व्यापारिक स्थिति सुध्रिनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। व्यापार बढ्नेछ। मेहनत धेरै हुनेछ। आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस्। अनावश्यक तनावबाट बच्नुहोस्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

जागिरमा प्रगतिको सम्भावना छ। उच्च पदस्थ व्यक्तिको सहयोग पाउनुहुनेछ। तर परिवारबाट टाढा अन्य ठाउँमा जान पर्नेछ। घर-जग्गा खरिद-बिक्रीका लागि समय अनुकूल छ। भौतिक सुख-सुविधामा वृद्धि हुनेछ। पिताको स्वास्थ्यमा समस्या आउन सक्छ। आयमा वृद्धि हुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

शैक्षिक वा बौद्धिक कार्यमा मान सम्मान मिल्नेछ। मनमा शान्ति मिल्नेछ। अचानक धनप्राप्तिको योग छ। मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ। माताको सहयोग मिल्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। कारोबारमा वृद्धि हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah