मेष–यो साता परोपकारमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनसक्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न पनि सक्छन् । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष–यो साता नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । राज्यबाट सहयोग मिल्ने देखिन्छ । शेयर बजारबाट पनि राम्रै लाभ मिल्न सक्छ । साताको उत्तरार्धबाट पढाई लेखाइमा बाधा आउनसक्छ । व्यापार व्यवसायमा नोक्सानी पनि होला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग कलेजी वा सेतो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन–यो साता बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । स्वास्थ्यमा सुधार पनि आउला, तर पुँजी बजारको लगानीमा ह्रास आउन सक्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग खैरो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कर्कट–यो साता शुभकार्यको चर्चा चल्नेछ । सरुवा र बढुवाको योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । व्यवसायका लागि नयाँ व्यक्तिसँग सहकार्यको सम्भावना छ । मध्य सातामा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवतीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

सिंह–यो सातामा अनावश्यक ठाउँमा धन खर्च होला । शत्रुपक्ष पनि हावी हुन सक्नेछन् । साताको मध्यबाट भने एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । लगानी गरेको ठाउँबाट राम्रै प्रतिफल पाइएला । शेयरबजारले पनि साथ दिने देखिन्छ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग कालो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या–यो साता कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । नयाँ काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला–यो साता धार्मिक यात्राको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । रोकिएका कामको पुनस् थालनी हुनेछ । शैक्षिक क्षेत्रमा सफलताको योग छ । मध्य सातामा मनमा छटपटी बढ्नाले दुबिधा रहला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

वृश्चिक–यो साता सफल यात्रा हुनेछन् । कलकारखाना र बन्दव्यापार पुनस् सुचारु हुनेछन् । शेयर बजारले साथ दिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । गरेको कार्यमा सफलता पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग ध्वाँसे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु–यो साता महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउनेछ । कुनै कुराले चित्त पनि दुख्न सक्छ । मध्य साताबाट प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न पनि सक्छन् । शेयर बजारबाट पनि राम्रै लाभ मिल्न सक्छ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पर्पल वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

मकर–यो हप्ता नयाँ र शुभ समाचार सुन्न पाइनेछ । राजनैतिक र सामाजिक कार्यमा मन जाला । लामो समयदेखि रोकिएका धन हात पर्न सक्छ । प्राविधिक कार्यमा प्रगति हुनेछ । राजनैतिक क्षेत्र र समाजमा कीर्ति वृद्धिका योग पनि देखिन्छन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग हरियो वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ–यो साता सफल यात्राको योग छ र शत्रु पराजित हुनेछन् । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग घ्यू रङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिन–यो साता रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । व्यापारमा मनग्ये धनलाभ हुनसक्छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । साताको अन्त्यमा स्वास्थ्यमा समस्या आउन सक्छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।
ज्योप नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah