मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। आर्थिक लेन-देनको लागि समय अनुकूल छैन। दुर्घटनाको योग रहेको हुँदा सावधान रहनुहोला। पारिवारिक वातावरण सुख-शान्तिमय रहनेछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना छ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहेको छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

व्यावसायिक तथा आर्थिक लाभ मिल्ने सम्भावना देखिन्छ। मित्रगणसँग रमणीय भेटघाट हुनेछ। शारीरिक तथा मानसिक रूपले स्वास्थ्यमा समस्या आउनसक्छ। धार्मिक कार्यमा खर्च हुनेछ। पूँजी निवेश गर्दा राम्रोसँग सोच बिचार गरेर मात्र निर्णय लिनुहोला, अन्यथा नोक्सान हुनसक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंको लागि यस दिन लाभदायक रहनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। आयमा वृद्धि हुनेछ। व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल रहनेछ। आकस्मिक धन लाभको योग रहेको छ। मित्रबाट लाभ मिल्ने सम्भावना छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। वाणीमा संयम राख्न जरूरी देखिन्छ। व्यापार व्यवसायमा नोक्सान हुनसक्छ। आर्थिक दृष्टिले दिन लाभदायक रहनेछ। मध्यान्हपछि व्यापार क्षेत्रमा परिस्थिति अनुकूल हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

क्रोध तथा वाणीमा संयम राख्नुहोला। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। मानसिक रूपले व्यग्रता रहनेछ। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। मनमा नकारात्मक सोच उत्पन्न हुनसक्छ। कार्यक्षेत्रमा पनि समय अनुकूल नरहला। उच्च पदाधिकारीसँग वाद-विवादको स्थिति आउनसक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

रमणीय यात्राको योग बन्नेछ। मित्र तथा परिवारसँग स्वादीष्ट एवम भोजनको अवसर मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीसँग सुमधुर सम्बन्ध रहनेछ। मध्यान्हपछि भने परिस्थिति प्रतिकूल हुनसक्छ। स्वास्थ्यमा समस्या आउनसक्छ। खर्चमा वृद्धि हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंको मनोबल तथा आत्मविश्वास बढ्नेछ। गृहस्थजीवन सुखमय रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। वाणीमा संयम राख्नुहोला। यात्राको योग बन्नेछ। मनोरंजन क्षेत्रमा खर्च हुनेछ। मित्रगणका साथ रमणीय भेटघाट गर्ने मौका मिल्नेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

साहित्य तथा लेखन क्षेत्रमा रुचि बढ्नेछ। शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। व्यवसायमा लाभ प्राप्त हुनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुन्छन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

अनावश्यक वाद-विवादमा नपर्नुहोला। आमाको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ। धनहानि तथा मान-प्रतिष्ठा हानि हुने सम्भावना छ। विद्यार्थी वर्गको लागि समय शुभ रहनेछ। साथी-भाईसँगको सम्बन्ध मजबूत हुनेछ। परिवारका साथ मदभेदको सम्भावना रहेको छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

नयाँ कार्य सुरु गर्न वा कुनै महत्वपूर्ण निर्णय लिनको लागि दिन शभ रहनेछ। यात्राको योग बन्ने देखिन्छ। मित्र तथा आफन्तसँग रमणीय भेटघाट हुनेछ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। आमाको स्वास्थ्य प्रति विशेष ध्यान राख्नुहोला। धनहानि हुने सम्भावना रहेको छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

क्रोध तथा वाणीमा संयम राख्नुहोला। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। खानपानमा विशेष ध्यान राख्नुहोला। मध्यान्हपछि वैचारिक स्थिरताका साथ कार्य पूरा गर्न सक्नुहुनेछ। रचनात्मक तथा सिर्जनात्मक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शारीरिक तथा मानसिक रूपले स्फूर्त राह्नुहुनेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। धार्मिक कार्यमा खर्च हुनेछ। परिवारका साथ आनन्दमय समय बित्नेछ। यात्राको योग रहेको छ। अनावश्यक वाद-विवादमा नपर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah