मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

नयाँ कार्य सुरु गर्नको लागि दिन उपयुक्त छैन। मानसिक तनाब बढ्नेछ। तपाईंको बोलीले मानिस प्रशन्न हुनेछन्। मध्यान्हपछि उत्साहमा वृद्धि हुनेछ साथै मन प्रफुल्लित रहनेछ। पारिवारिक वातावरण आनन्दमय रहनेछ। यात्राको योग बन्ने देखिन्छ। आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईंको लागि यस दिन मध्यम फलदायी रहनेछ। शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव गर्नुहुनेछ। तपाईंको सिर्जनात्मक तथा कलात्मक क्षमतामा वृद्धि हुने देखिन्छ। कार्यक्षेत्रमा सफलता मिल्ने सम्भावना छ। मध्यान्हपछी भने मानसिक तनाब बढ्ला। नयाँ कार्य सुरु गर्नको लागि समय उचित छैन। मनमा नकारात्मक सोच उत्पन्न होला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंको लागि यस दिन मिश्रित फलदायी रहने देखिन्छ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। परिवारका सदस्यका साथ मदभेद हुनसक्छ। मध्यान्हपछि भने कार्यक्षेत्रमा अनुकूलता छाउनेछ। कार्य गर्ने उत्साह बढ्नेछ। पारिवारिक वातावरण पनि अनुकूल होला। आर्थिक लाभ प्राप्त हुने सम्भावना छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। कार्यक्षेत्रमा विशेष लाभ मिल्ला। प्रिय व्यक्तिसंगको भेटले मन प्रशन्न रहनेछ। स्त्री मित्रबाट लाभ मिल्ने देखिन्छ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। मध्यान्हपछि भने मन चिन्तित रहन सक्छ। खर्चमा वृद्धि हुनेछ। स्वास्थ्यमा समस्या पनि देखा पर्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

व्यापार व्यवसायमा विशेष सफलता प्राप्त हुने देखिन्छ। परिवार तथा मित्रगणका साथ आनन्दमय समय बित्नेछ। स्त्री वर्गबाट विशेष लाभ प्राप्त हुने सम्भावना रहेको छ। यात्राको योग बन्नेछ। सन्तानबाट पनि लाभ प्राप्त होला। दाम्पत्य जीवनमा सुमधुरता छाउनेछ। व्यापारमा वृद्धि हुने देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ कार्य सुरु गर्नको लागि समय अनुकूल छ। धार्मिक कार्यमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा अधिक कार्यभारका कारण मानसिक तनाब बढ्नेछ। व्यापार व्यवसायमा बिस्तार हुनेछ। सामाजिक मान-सम्मान प्राप्त हुनेछ। गृहस्थजीवन आनन्दपूर्वक बित्नेछ। अधुरा रहेका कार्य सफलतापूर्वक पूरा हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

खान-पानमा विशेष ध्यान राख्नुहोला। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन। शारीरिक थकान तथा मानसिक तनाबको महशुस हुनेछ। यात्रा गर्दा विशेष ध्यान दिनुहोला। धार्मिक कार्यमा उपस्थिति हुने अवसर मिल्नेछ। वैदेशिक क्षेत्रमा रहेका आफन्तजनबाट शुभ समाचार मिल्नेछ। आर्थिक लाभको योग रहेको छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

सामाजिक समारोहमा भाग लिने अवसर मिल्नेछ। यात्राको योग रहेको छ। दाम्पत्य जीवन सुखमय रहनेछ। मध्यान्हपछि भने स्वास्थ्यमा समस्या आउनसक्छ। मानसिक तनाब बढ्ला। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन। खान-पानमा विशेष ध्यान दिनुहोला। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको लागि यस दिन शुभ फलदायी रहने देखिन्छ। आर्थिक आयोजना पनि सफलतापूर्वक पूरा हुनेछ। शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउनसक्छ। कारयक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सामाजिक मान-सम्मानमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा बिस्तार हुने देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको लागि यस दिन शुभ रहनेछ। कार्यक्षेत्रमा विशेष सफलता प्राप्त हुने देखिन्छ। आर्थिक आयोजना पनि सफलतापूर्वक पूरा हुनेछ। तपाईंको बोलीले मानिस प्रभावित हुनेछन्। परिवारको साथ आनन्दमय समय बित्नेछ। मध्यान्हपछि स्वास्थ्यमा सुधार आउनेछ। अधुरा रहेका कार्य पनि सफलतापूर्वक पूरा हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सरकारी क्षेत्रबाट विशेष लाभ प्राप्त होला। तपाईंको मनोबल तथा आत्मविश्वास बढ्नेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। घर-जग्गा हरिद-बिक्रि तथा आर्थिक लेन-देन गर्नको लागि समय शुभ छैन। कार्य सफलता प्राप्त गर्न कडा परिश्रम गर्नु पर्ने देखिन्छ। स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। बुवाबाट विशेष लाभ प्राप्त हुने देखिन्छ। खर्चमा वृद्धि हुनेछ। आर्थिक लेन-देनको लागि समय उचित छैन। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहेको छ। सन्तान सम्बन्धि कुराले मन चिन्तित रहला। वाहन तथा घर-जग्गा खरिद-बिक्रिको लागि समय उत्तम छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88