दोहा – जजीरा एअरवेजले कतार र साउदी अरबबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन वटा उडान भर्ने भएको छ ।

बुद्ध जयन्तीको शुभ-अवसर पारेर जेठ २ गते सोमबार औपचारिक उद्घाटन हुने नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा जजीरा एअरवेज उडान भर्न लागेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दूतावासका अनुसार पहिलो उडान सोही दिन तथा आगामी १२ जुन २०२२ देखि दोहाबाटसमेत साताको तीन वटा नियमित उडान सुरु गर्ने तालिका सार्वजनिक गरेको जनाएको छ ।

दोहा-कुवेत र कुवेत-भैरहवा उडान गर्नेछ । टिकट लगायत अन्य विस्तृत जानकारीका लागि उक्त एयरलाइन्सको कतारस्थित कार्यालयमा ४४२७१०१०/३०७०१०४२ सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

यस्तै साउदी अरबबाट पनि जजिरा एयरवेजले नियमित उडान सञ्चालन गर्ने भएको छ । एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा आगामी मे १५ तारिखदेखि उडान गर्ने रियादस्थित नेपाली दूतावासले जनाएको छ ।