काठमाडाैं । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता बढ्दै गएको छ। आइतबार बिहान ३ बजेसम्मको मतपरिणाम अनुसार उनी निकटतम प्रतिद्वन्द्वीभन्दा ३७६ मतले अघि छन्।

पछिल्लो मत परिणामअनुसार उनले १ हजार २५४ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वीभन्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८७८ मत पाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह भने ७१९ मतसहित तेस्रो स्थानमा छन्।

राष्ट्रियसभा गृहमा मत गणना जारी छ।

अहिलेसम्म ३ हजार ७२७ मत गणना भइसकेको छ।