जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु भएको छ । आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी छिन् । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–९ पशुपति टोल निवासी ७० वर्षीय पेना किसान रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार सोमबार दिउँसो ३ बजेर ४५ मिनेटमा टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनबाट निस्किएको हात्तीले बगरमा हिँडिरहेको अवस्थामा किसानमाथि आक्रमण गरेका थिए। आक्रमणबाट घाइते भएका किसानलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको र उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।

त्यस्तै सोमबार दिउँसो मेचीनगर ९ स्थित थोप्लेविरान सामुदायिक वनमा घाँस काट्न गएको अवस्थामा सोही ठाउँ निवासी ३८ वर्षीया झुमा भनिने बसन्ती दनुवारलाई हात्तीले आक्रमण गरी सख्त घाइते बनाएको छ । हात्तीको आक्रमणबाट दनुवारको पेट र शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइते दनुवारको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको डिएसपी पाठकले बताए । टाइम्स अफ प्रदेश बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय