प्रेस विज्ञप्ति
मिति ः २०७४/०४/१६

काठमाडौं । २०७४ साल साउन १६ गते । २०७४ साल वैशाख ३१ गते सम्पन्न भरतपुर महानगरपालिकाको निर्वाचनको मतगणना सम्बन्धी विषयको रीट निवेदन खारेज हुने ठहरी सम्मानित सर्वोच्च अदालतबाट मिति २०७४÷४÷१५ मा भएको आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगको मिति २०७४/४/१६ गते बसेको बैठकले निम्नानुसार निर्णय गरेको छ ।

“२०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत गाउँपालिका/नगरपालिका निर्वाचनको मतगणनाको सिलसिलामा भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणनाको क्रममा मतगणना स्थलमा मतपत्र च्याती मतगणना स्थगन भएको सन्दर्भमा भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतबाट प्राप्त मिति २०७४।२।१५ को पत्र, उक्त घटनाको सम्बन्धमा स्थलगत भ्रमण गरी प्रतिवेदन पेश गर्न आयोगको मिति २०७४।२।१५ को निर्णयानुसार गठित समितिले स्थलगत भ्रमण पश्चात दिएको प्रतिवेदन, मत गणनाको क्रममा रहेकामध्ये च्यातिई नोक्सान भएका मतपत्रको संख्या यकिन गरी पठाउन मुख्य निर्वाचन अधिकृतलाई आयोगबाट भएको निर्देशन बमोजिम मुख्य निर्वाचन अधिकृतको मिति २०७४।२।१८ को पत्र समेतबाट स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कव्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा (४) बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्द गर्ने गरी आयोगबाट मिति २०७४।२।१८ मा निर्णय भएको ।

आयोगको उक्त निर्णयपछि सो निर्णय समेत बदर गरी च्यातिएको ९० मतपत्र बदर श्रेणीमा राखी पुनः मतगणनाको कार्य सुचारु गर्नु गराउनु भन्ने समेत व्यहोराबाट निर्वाचन आयोगको नाममा आदेश जारी गरी पाउँ भनी गुञ्जमान वि.क. समेतले यस आयोग समेतलाई विपक्षी बनाई सम्मानित सर्वोच्च अदालतमा दायर उत्प्रेषण ०७३–WO–१२७२ रिट निवेदन सम्मानित सर्वोच्च अदालतबाट मिति २०७४।४।१५ मा रिट निवेदन खारेज हुने ठहरी आदेश भएको व्यहोरा सर्वोच्च अदालतको च.नं. ६१६०, रिट नं. ०७३–WO–१२७२ मिति २०७४।४।१६ को पत्रबाट लेखी आएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्द गर्ने गरी आयोगबाट मिति २०७४।२।२० मा निर्णय भएको र यस विरुद्ध परेको रिट निवेदन उपर सम्मानित सर्वोच्च अदालतबाट उक्त रिट खारेज हुने गरी आदेश भएकोले स्थानीय तह निर्वाचन ऐनको दफा ५० को उपदफा (५) बमोजिम मतदान रद्द गरिएका भरतपुर महानगरपालिका वडा नंं १९ का सवै मतदान केन्द्रमा मतदान हुने स्थान, मिति र समय तोकी आवश्यक सुरक्षा व्यवस्था मिलाई यथाशीघ्र पुनः मतदान गराउन एवम् मतदान सम्पन्न भई सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना कार्य सम्पन्न गर्न भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलार्ई निर्देशन दिने ।”

(सूर्यप्रसाद शर्मा)
सहसचिव एवं प्रवक्ता

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah