काठमाण्डाै – अहिले प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ ।

अहिले नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको र त्यसैको प्रभावले देशका सबैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, राति यीनै चार प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

यसैबीच यस वर्षको मनसुनी प्रणाली पनि नजिक आउन थालेको छ । भारतका धेरै ठाउँमा सक्रिय भएको मनसुन नेपालतर्फ सर्ने क्रममा चेन्नेई पार भइसकेको र जुन १० अर्थात जेठ २७ गतेभन्दा अघि नै नेपाल आइपुग्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । गएको वर्ष जेठ २८ गते मनसुनी प्रणाली नेपाल प्रवेश गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah