
काठमाण्डाै – पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार दुई सय ११ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप १३ जना निको भएका छन् । नेपालमा अहिले एक सय दुई जना सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।