मेष–यो साता रमणीय र सुखद् यात्राको योग छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष–यो साता शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

मिथुन–यो साता दैनिक कार्यहरूमा प्रगति हुनेछ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । आफन्तसँग भेट घाट हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,५,र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

कर्कट–यो साता लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको दिन रहनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । साताको मध्यमा पुँजी बजारमा नोक्सानी हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने पनि देखिन्छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गाढा खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शन गरी यात्रा गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह–यो हप्तामा कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शेयर बजारको लगानीबाट दीर्घकालीन फाइदा हुनेछ । मध्य सातामा केही महत्त्वपूर्ण कार्यमा उल्झन र स्वास्थ्यमा समस्या आउन सक्छ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अविभावकको सल्लाह लिएर कार्य गर्नाले राम्रो हुन्छ ।

कन्या–यो हप्ता नयाँ ठाउँमा भ्रमणको योग रहेको छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शेयर बजारले पनि साथ दिनेछ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला–यो साता लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहनेछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । मङ्गलबारबाट शुभ समाचार सुन्न पाइने र शुभकार्यको चर्चा चल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानी भने त्यति लाभदायक नहोला । यो साताका लागि शुभ अङ्क ८,९ र शुभ रङ्ग सेतो वा आकाशे हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

वृश्चिक–साताको सुरुका दिनमा आर्थिक तनाव बढेको महसुस हुनसक्छ । नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । मध्य साताबाट गरेको कार्यमा सफलता पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सिन्दुरे वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको आरधना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धुन–यो साता लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

मकर–यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । रोकिएको धन पाइन सक्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

कुम्भ–यो साता तीर्थाटनको योग छ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूव विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्नले अधिक सफलता मिल्नेछ ।

मिन–यो हप्ता बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । मध्य साताबाट शुभ कार्यको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । भौतिक सुख पनि मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah