धनुषा - जनकपुरमा एक क्याफेमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । सुकरबारी बजार नजिकै रहेकाे बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी भएकाे हाे।

आगलागीबाट क्याफेभित्र रहेकाे सम्पूर्ण समान जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएकाे छ । प्रहरी र स्थानीयकाे सहयाेगमा आगो बिहानै निभाइएकाे छ ।