जेठ १४ गते राती आफैंले मतपत्र च्यातेर घटनास्थलबाटै पक्राउ परेका कांग्रेस माओवादी गठबन्धनले भरतपुर १९ को पुन मतदानमा जारी गरेको संयुक्त अपिलमा एमालेले मतपत्र च्यातेको दोष लगाएका छन् । माओवादी–कांग्रेसका संयुक्त उम्मेदवार रेणु दाहालका प्रतिनिधि तथा अभियुक्त मधु न्यौपाने र द्रोण सिवाकोटी सहितको टोलीले वितरण गरेको संयुक्त अपिलमा एमालेले बारम्बार तनाव दिएकाले मतपत्र च्यातिएको उल्लेख गरिएको छ । चक्रपथले लेखेको छ

अभियुक्त न्यौपाने र सिवाकोटी पुन निर्वाचन गराउन आफूले मतपत्र च्यातेको र त्यसलाई निर्वाचन आयोग र सर्वाेच्च अदालतले पनि जयज ठहर गरेको भन्दै रेणुको चुनाव प्रचारमा सक्रिय भएका छन् । ‘मतपत्र च्यातेर पुन मतदान गर्ने हाम्रो अडान सही सावित भएको छ, सर्वाेच्च अदालतले जनताको सम्मान गरेको छ’ चुनाव प्रचारका क्रममा भरतपुर १९ मा सक्रिय न्यौपाने र सिवाकोटीले भन्नुभयो, ‘अव चाहिँ जित्न पुग्नेगरी मत दिए मतपत्र च्यातिंदैन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मतपत्र च्यातेवापत प्रहरीले घटनास्थलबाटै पक्राउ गरी कानुनी कारवाही चलाएका अभियुक्तसँगै हिंड्नु भएकी माओवादी मेयर उम्मेदवार रेणुले भने एमालेले तनाव दिएकाले मतपत्र च्यातिएको वताउने गर्नुभएको छ । मतदाताले किन मतपत्र च्यात्नु भयो भन्ने प्रश्न चुनाव प्रचारका क्रममा रेणुलाई वर्षाउने गरेका छन् । ‘बैशाख २९ गते दिएको हाम्रो भोट च्यातेर फेरि किन भोट माग्न आउनुभयो ?’ मतदाताको प्रश्न छ ।