काठमाडौं १७ असार । अबको करिब ६ महिना पछि नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा रहेका विद्युतको पोल हटाउने सुरु गर्ने भएको छ ।काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोल हटाएपछि त्यसमा राखिएका इन्टरनेटको तार पनि हटाउनुपर्ने भन्दै त्यसको विकल्प खोज्नुपर्ने बताएका छन् ।

६ महिनादेखि १ वर्षभित्र हामी विद्युतका पोल हटाउने तयारी रहेको बताएका घिसिङले त्यसपछि गम्भीर समस्या समस्या आउन सक्ने भन्दै प्राधिकरणले भूमिगत लाइनसँगै बिछ्याइएको फाइबर प्रयोग गरेर इन्टरनेट सेवा प्रदायक सेवा दिन सक्ने बताएका छन् ।‘भूमिगत विद्युत् वितरणलाइनसँगै राखिएको फाइबर डक्ट प्रयोग गरेर सेवा दिनुहोस्’ घिसिङले भने ।

अब विद्युत् पोल भाडाबारे थप विवाद गर्न नहुने स्पष्ट पारेका उनले सेवा प्रदायकसँग बसेर भाडा विषयमा उत्पन्न विवाद सुल्झाउन प्राधिरकण तयार रहेको पनि बताएका छन् ।

‘हामीले सेवाकै लागि हाम्रो पोल, ओपीजीडब्लू केबल लगायतका पूर्वाधार दूरसञ्चार सेवाकै सहजताको काम गरिरहेका हौं, पूर्वाधारहरु सहप्रयोगले सहरमा तारको गुजुल्टो कम होस् भनेर नै हामीले भाडा बढाएका थियौं, अब सबैले दूरसञ्चार पूर्वाधारको सहप्रयोग गर्ने समय आइसकेको छ ।’ घिसिङले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय