
भक्तपुरको घ्याम्पेडाडाँमा रहेको जिपलाइनमा छोरोसँग रमाउँदै पूर्वमन्त्री रामकुमारी झाँक्री।
यो पनि पढ्नुस
काठमाडौं । आर्थिक संकटका कारण टाट पल्टिने संघारमा पुगेको पाकिस्तानले १९ हजार करोड रुपैयाँ ऋणको बदलामा गिलगिट र बाल्टिस्तान क्षेत्र चीनलाई हस्तान्तरण गर्न लागेको छ । पाकिस्तानले आफ्नो बिग्रँदै गएको आर्थिक अवस्था सुधार्न यो कदम चाल्ने तयारी गरेको छ ।
पाकिस्तानको विदेशी मुद्रा सञ्चिति निरन्तर घटिरहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषबाट पनि पाकिस्तानलाई ९० हजार करोड रुपैयाँ आउने आशा छैन । यस्तो अवस्थामा पाकिस्तानले आफ्नो कब्जामा रहेको कश्मीर (पीओके) को क्षेत्र पनि चीनलाई हस्तान्तरण गर्न सक्ने सम्भावना छ ।
पाकिस्तानले गिलगिट, बाल्टिस्तान र पीओकेका ५२ कानुन नियन्त्रणमा लिएको छ । यसअन्तर्गत पाकिस्तान सरकारलाई त्यहाँको जग्गा कुनै पनि देशलाई भाडामा दिने अधिकार प्राप्त भएको छ।
२०१८ मा पाकिस्तान सरकारले गिलगिट, बाल्टिस्तान र पीओकेलाई थप अधिकार दिने घोषणा गरेको थियो। गिलगिट र बाल्टिस्तानका मुख्यमन्त्री खालिद खुर्शीद खानले पनि पाकिस्तान सरकारले ३० अर्ब रुपैयाँको सहायतालाई १२ अर्ब रुपैयाँमा झारेको आरोप लगाएका छन् ।
चीनले ऋणको सट्टा पाकिस्तानको गिलगिट–बाल्टिस्तानको हुनजा क्षेत्रमा ठूलो मात्रामा नियोबिम उत्खनन गरिरहेको छ । हुनजामा १२० लाख मेट्रिक टन माणिक-मोती र कोइलाको भण्डार छ। चीनले हुनजामा ठूलो जग्गा भाडामा लिएको छ । पछिल्लो समय यहाँका स्थानीयले पनि चीनलाई भाडामा दिने विषयमा विरोध गरेका छन् ।
पाकिस्तानले युएई (युनाइटेड अरब इमिरेट्स)बाट ८ हजार करोड लिने भएको छ । यसका लागि उसले यूएईलाई २० सरकारी कम्पनीको १२ प्रतिशतभन्दा बढी शेयर दिनेछ । पाकिस्तानले साउदी अरेबियाबाट ४० हजार करोड रुपैयाँ ऋण लिन २०१८ देखि आवेदन दिएको थियो । फेब्रुअरीमा नै साउदी अरेबियाले पाकिस्तानलाई १० हजार करोड ऋण दिएको छ ।
गिलगिट-बाल्टिस्तानलाई लीजमा दिने पाकिस्तानको योजनाबाट भारतले खतराको सामना गरिरहेको छ । चीन–पाकिस्तानको गठबन्धन भारतविरुद्ध मात्र बनेको भारतको दावी छ । चीनले पाकिस्तानलाई हरेक सहयोग भारतलाई ध्यानमा राखेर दिएको छ । यसबाहेक गिलगिटबाट इस्लामिक कट्टरवादलाई रोक्ने पनि चीनको एजेन्डा रहेको छ । यहाँ चीन आफ्नो वर्चस्व चाहन्छ ।