
काठमाडौँ । नेपाल प्रहरी जवान पदमा ठूलो मात्रामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार प्रहरी सहायक निरीक्षक र प्रहरी जवानमा दुई हजार ९१७ जनाका लागि भर्ना खुलेको हो ।
प्रहरी सहायक निरीक्षकमा खुलातर्फ २३८, अमर अशक्त प्रहरी परिवारतर्फ ९, महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसीतर्फ ५५, दलिततर्फ २९ र पिछएिको वर्गका लागि ९ गरी कूल ४४३ जनाको माग भएको हो ।
यस्तै, प्रहरी जवानका लागि खुलामा एक हजार ३३४ जना, अमर अशक्त प्रहरी परिवारतर्फ ४९, महिला २१९, आदिवासी जनजातितर्फ ३५०, मधेसीतर्फ ३०५, दलिततर्फ १६४ र पिछडिएको वर्गका लागि ५३ गरी कूल दुई हजार ४७४ जनाको माग भएको हो ।