बालुवाटारको सडकमा मकै बेच्ने दम्पतीमाथि थप कारबाही गर्छौं: नगर प्रहरी प्रमुख सापकोटाबालुवाटारको सडकमा मकै पोलेर बेच्दा काठमाडौं महानगरको नगर प्रहरीको लछारपछारमा परेका दम्पतीमाथि थप कारबाही गरिने भएको छ।

काठमाडौंका नगर प्रहरी प्रमुख धनपति सापकोटाले प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै उनीहरूमाथि कारबाही गर्न लागिएको बताए।

सापकोटाले मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यमाथि प्रहरीलाई अगुल्टो र तातो चिम्टाले हानेको बताए।

‘उहाँहरूले प्रहरीमाथि अगुल्टोले हान्नुभएको छ,’ उनले भने,‘तातो चिम्टाले पनि घोचेका छन्। प्रहरीको लुगा पनि पोलिएको छ।’

नियमविपरीत काम गरेका उनीहरूलाई हटाउन खोज्दा प्रहरीलाई दुर्व्यवहार गरिएको सापकोटाले दाबी गरे।

नेपाल प्रहरीको सहयोगमा उनीहरूमाथि कारबाहीको प्रक्रियामा अघि बढाइने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah