रुपन्देहीको मंगलबारमा भएको बन्द खोल्ने क्रममा झडप हुदा १३ प्रहरी घाइते भएका छन् । दैनिक ६ घण्टा लोडसेडिङ गराएको भन्दै स्थानLयले  बिरोध गर्दै सडक बन्द गरेका थिए । सुरुमा बाटो खोल्न आग्रह गर्यो नमाने पछि तनावको स्थिती lसर्जना भएको इलाका प्रहरी कार्यालय मंगलपुरका प्रहरी प्रमुख हिमलाल बजगार्इले जानकारी दिए ।

'सुरुमा बाटो खोल्नलाई नमस्कार गर्यो उहाँहरुले मान्नु भएन, त्यस पछि झडप भयो ।' उनले  झडपमा आफु सहित १३ जना घाइते भएको बताए । झडप पछि अवस्था सामान्य भइ सकेको र अहिले यातायात सुचारु भइ सकेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीका अनुसार अहिले बल प्रयोग गरेर सडक खुलार्इएको छ ।