मंगलबार (आज) बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी सर्वेन्द्र खनाल आफै अनुगमनमा निस्किएका छन् । मंगलबार बिहान उनले विर अस्पताल अगाडीका सडकहरुमा अनुगमन गरेका हुन् ।
करिब एक साता अघिमात्र प्रहरी प्रधान कार्यालयबाट महाशाखाको जिम्मेवारी पाएका खनालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको काममा केहीदिन भित्रै सुधार आउने बताएका थिए ।

बढ्दो सवारी चापका कारण उपत्यकामा जामले समयमै काम गर्न नसकिने स्थिति रहेको छ । यसैलाई मध्येनजर गर्दै खनाल आफै अनुगमनमा उत्रिएका हुन् । – खबरडवली ।



