प्रहरी प्रधान कार्यालयले ७० जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । मंगलबार प्रकाशित सरुवा सूचीअनुसार झापाको प्रहरी प्रमुखमा विष्णुकुमार केसी, कास्कीको प्रहरी प्रमुखमा अशोक सिंह र रुपन्देहीको प्रहरी प्रमुख मा श्यामलाल ज्ञवालीको सरुवा भएको छ ।

केसी र ज्ञवाली यसअगाडि महानगरीय अपराध महाशाखामा कार्यरत थिए भने सिंह महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रहरी प्रमुखमा सरुवा हुने मध्ये पाल्पामा डिल्लिराज पन्त, दाङमा दुर्गा सिंह, मकवानपुरमा विकासराज खनाल, बारामा राजकुमार बैदवार, धनुषामा मीरा चौधरी, बाँकेमा टेकबहादुर तामाङ, मोरङमा अरुण बिसी, सर्लाहीमा मसाउद आलम खा, धादिङमा ध्रुवराज राउत, नवलपरासीमा मुकुन्द आचार्य, महोत्तरीमा कुबेर कडायत, नुवाकोटमा वीरेन्द्र बस्याल, सिन्धुपाल्चोकमा मोहन पोखरेल, इलाममा विपिन कर्माचार्य, डोटीमा मधुसूदन लुइँटेल, स्याङजामा गोरखसिंह भण्डारीलगायतको सरुवा भएको छ ।