मेष–यो साता लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् । समाजिक कार्यमा मन जाला । बोलीको प्रभाव बढ्दै जानेछ । नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आकस्मिक समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष–यो साता धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ । कुनै कुराले मनमा शान्ति छाउला । साताको उत्तरार्धबाट सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग निलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

मिथुन–यो साता चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ । यात्रामा मालसामान हराउन सक्छ । बुधबार पछिका दिनमा सहजता महसुस होला । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट–यो साता मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । शुभ समाचार पनि सुन्न पाइएला । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह–यो सातामा लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आफन्तको प्रगतिमा मन रमाउन सक्छ । नयाँ सवारी साधन प्राप्तिको योग छ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या–यो सातामा आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । रोकिएको धन पनि हात पर्न सक्छ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला–साता अनावश्यक र फजुलमा खर्च बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मन खिन्न हुने स्थिति आउनेछ । साताको उत्तरार्धबाट वैदेशिक क्षेत्रको काम बन्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पारिवारिक भेटघाटले मन प्रसन्न रहला । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको दर्शन गरी आफ्नो कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

वृश्चिक–यो साता छोटो दुरीको लाभदायक यात्रा हुनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । शेयर बजारबाट पनि फाइदा हुनेछ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग हरियो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु–यो लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । साता भाग्यले विभिन्न अवसर जुराउनेछ । शेयर बजारबाट पनि फाइदा हुनेछ । मध्य सातामा मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग कालो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

मकर–यो साता विद्यामा सफलता र मान प्रतिष्ठामा वृद्धि पनि होला । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । आस मारिसकेको काम बन्नेछ । साताको मध्यमा मन भावुक र उत्ताउलो बन्न सक्छ । आर्थिक कारोबारमा मन्दी आउनेछ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ–साताको सुरुमा मन खिन्न हुने स्थिति आउनेछ । वैचारिक मनमुटाव बढ्नेछ । साताको मध्यमा सामाजिक कार्यमा मन जानेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । सानातिना बाधा आइलागे पनि आफ्नो काम रोकिने छैन । वैदेशिक कार्य पनि अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिन–यो साता पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मानको डर हराएर जानेछ । रमणीय र सुखद् यात्राको योग छ । घर परिवारमा धार्मिक कृत्यको योग छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पर्पल वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
-ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय