मतदान भएको साढे २ महिनादेखि अलपत्र परेको भरतपुरले १९ नम्बर वडाको पुनः मतदात हुने सर्वोच्च अदालतको फैसलासँगै जनप्रतिनिधि पाउने भएको छ ।

२९ वडामध्ये २७ वटा वडाको अन्तिम नतिजा आइसकेको भरतपुरमा एमालेका मेयरका उमेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेस समर्थित माओवादी केन्द्रकी उमेदवार रेणु दाहालले ४० हजार १९४ मत प्राप्त गरेकी छन् ।अशोक पौड्याल बाह्खरीमा लेख्छन् ।

दुई वडाको मतगणना बाँकी छँदा उनीहरुबीचको मतान्तर ७८४ मात्रै भएकाले बाजी कसले मार्ला भन्ने आँकलन गर्न कठिन छ । तर २७ वडाको नतिजाको आँकडा हेर्दा अहिलेसम्म दुवै उमेदवारको जित कांग्रेसको मतमा निर्भर छ ।

मतगणना सम्पन्न वडाको तथ्यांकलाई हेर्दा माओवादी उमेदवार रेणु दाहालले कांग्रेसको करिब १९ हजार मत पाएकी छन् भने एमाले उमेदवार ज्ञवालीले ६ हजार मत पाएका छन् । यो तथ्यांक कांग्रेस, एमाले र माओवादीका २७ वटै वडा अध्यक्षका उमेदवारले प्राप्त गरेको मतका आधारमा निकालिएको हो ।

२९ मध्ये २७ वडाका एमालेका अध्यक्षका उमेदवारले ल्याएको मत ३५ हजार २१४ रहेको छ । ती वडाबाटै एमाले उमेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत प्राप्त गरे । जसले गर्दा बाँकी मत उनले कांग्रेस कार्यकर्ताबाट प्राप्त गरेको देखिन्छ ।
ती २७ वडामा कांग्रेसका वडा अध्यक्षका उमेदवारले जम्मा मत ३५ हजार २ सय २ मत ल्याएका छन् ।

६ हजार मत एमाले उमेदवार ज्ञवालीलाई दिएका ती वडाका कांग्रेस कार्यकर्ताको बाँकी करिब १९ हजार मत केन्द्रीय तहबाटै समर्थन गरेको माओवादी उमेदवार रेणु दाहाललाई गएको छ ।  माओवादीका २७ वटा वडामा अध्यक्षका उमेदवारले २० हजार ६९५ मत प्राप्त गरेका थिए । सो मत माओवादी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालकी छोरी समेत रहेकी रेणुले प्राप्त गरिन् ।

अर्को रोचक पक्ष के छ भने माथि उल्लेखित २७ वडाको कांग्रेस र एमालेका वडा अध्यक्षको उमेदवारको जम्मा मतान्तर १२ मात्रै छ । यसबाट भरतपुरमा कांग्रेस र एमालेकै उमेदवार भएको भए पनि प्रतिस्पर्धा रोचक हुने आँकलन गर्न सकिन्छ ।
साढे दुई महिनादेखि मतपेटीकामा रहेका भरतपुर वडा नं २० मा खसेको ३ हजार ३१८ मत कसको पक्षमा पर्ला ? भन्ने उत्सुकता सबैमा छ ।

४ हजार ३३१ मतदाता रहेको उक्त वडामा कांग्रेसको पकड राम्रो रहेको बताइएको छ । जसले गर्दा उक्त वडामा देवी वा रेणु मध्ये कांग्रेसले कसलाई मत बढी दिएको छ उनसको जित सुनिश्चित छ ।

त्यस्तै, वडा १९ मा ३ हजार ७ मतदाता रहेकोमा यसअघि २ हजार ८८७ मत खसेको थियो । अब ति मतदाताले पुनः मतदानमा भाग लिनुपर्नेछ । वडा नं १९ मा पनि कांग्रेसले आफ्नो बलियो उपस्थिति रहेको जनाएको छ ।  यद्यपी यो वडामा पनि माओवादी र एमालेका मेयरका उमेदवारले कांग्रेसकै मतदाताको भर पर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah