प्रकृति अधिकारी लेख्नुहुन्छ : शिक्षामा व्यापार गर्न पाईदैन !

१) राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ र ११ मा विद्यार्थीलाई रजिष्ट्रेसन फाराम भराउने गरेको छ । एउटै परीक्षा बोर्डले दुई दुईपटक किन रजिष्ट्रेसन गराउनुपर्ने ? संसारको कुनै पनि विद्यालय तहको बोर्ड छैन जसले दुईपटक विद्यार्थीको रजिष्ट्रेसन गराउने गरेका छन् । दोहोरो रजिष्ट्रेसन गर्ने पद्धति अन्त्य गरौँ ।

२) विद्यार्थीले रजिष्ट्रेसन र आवेदन वापत शुल्क परीक्षा बोर्डलाई बुझाइसकेको हुन्छ । बोर्डले नतिजा विभिन्न अनलाइनलाई विक्री गर्ने गरेको छ । नतिजाको पहुँच सरल बनाउन बिक्री बन्द गर्दा हुन्छ । इच्छाए जति अनलाइनसँग आवेदन माग गर्ने । मापदण्ड बनाउने । मापदण्डभित्र पर्नेलाई नतिजा प्रकाशनका लागि निःशुल्कमा उपलब्ध गराए हुन्छ । धेरैलाई दिन सम्भव छैन भने शिक्षा निकायहरुका वेबसाइटहरुमा मात्र राखिदिँदा हुन्छ, बिक्री गर्नु पर्दैन ।
एसएमएस गर्ने अर्काे व्यापार पनि सँगै छ । हिजो एसईईको नतिजाका लागि एसएमएस सेवा प्रदायकलाई विद्यार्थी तथा अभिभावकले एसएमएस गरे । शुल्क काटियो तर नतिजा प्राप्त भएन । यो लुट हो । विद्यार्थीको आवेदन फाराममा सम्पर्क मोबाइल नम्बर उल्लेख गर्ने व्यवस्था गर्नुपर्छ । सबै विद्यार्थीको मोबाइल नहोला, तर अभिभावक वा आफन्त वा विद्यार्थीले चाहेका व्यक्तिको मोबाइल नम्बर आवेदन फाराममा उल्लेख गर्न सकिन्छ । त्यो नम्बरमा पनिकाले नतिजा पठाइदिने व्यवस्था गर्नुपर्छ । सफ्टवेयरबाट नतिजा जाने व्यवस्था जत्ति पनि गर्न सकिन्छ । रजिष्ट्रेसन र आवेदन फाराम भर्दा विद्यार्थीले शुल्क बुझाएकै छ, एसएमएसको व्यवस्था पनिकाले गर्न नसक्ने हुँदै होइन ।
श्रोत: प्रकृति अधिकारी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय