नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको छ । मंगलबार राति १२ बजेबाट नयाँ मूल्य लागू हुने निगमले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटबढ भएकाले नेपालमा सोही अनुसारको मूल्य समायोजन गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अब खाना पकाउने ग्यासको मूल्य १३ सय २५ रुपैयाँ भएको छ । निगमले पेट्रोल, डिजेल र मट्ट्तिेलको मूल्य भने यथावत् राखेको छ । खाना पकाउने ग्यासको मूल्य घटेर आए पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोल डिजेलको मूल्य भने बृद्धि भएको छ ।

पेट्रोलमा प्रलिलिटर एक रुपैयाँ आठ पैसा बृद्धि भएको छ । खबर आजको गोरखापत्र राष्ट्रिय दैनिकमा  छ ।