चर्चित लोकगायिका कोमल वली स्थानीय तहको निर्वाचन हुनुअघि हिन्दुवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा तामझामका साथ प्रवेश गरिन् ।

काठमाडौँमा भएको राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएकी उनलाई स्थानीय तह निर्वाचनमा राप्रपाले धेरै राम्रो परिणाम आउने विश्वास थियो । तर, उनका अध्यक्ष कमल थापा, उनी र राप्रपालाई समेत झट्का दिने गरी निर्वाचनको नतिजा आयो उल्टो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अर्थात्, राप्रपा गतिलो परिणाम ल्याउन सकेन । स्थानीय तह निर्वाचन अघि राप्रपाले गतिलो परिणाम ल्याउने भन्दै उत्साहित भएकी उनी दुई महिनामै ‘फ्रस्टेड’ हुन पुगेकी छन् । ‘सङ्गीतमा जस्तो राजनीतिमा साजिलो हुँदो रहेनछ’, जनता टेलिभिजनको ‘सन्दर्भ’ कार्यक्रममा बोलिरहँदा गायिका एवम् राप्रपाकी नेतृ कोमल वलीमा राजनीति थालेपछिको फ्रस्टेसन स्पष्ट देखियो ।

जनता टेलिभिजनसँग भलाकुसारी गरिहरँदा उनले अगाडि भनिन् , ‘राजनीति र सङ्गीत फरक रहेछ, म चाहिँ व्यालेन्स गर्ने तयारीमा छु । गीत गाउन छोड्दिन । तर राजनीतिमा फरक तरिकाले आउँदैछु ।’

लामो समय गायिका एवम् सञ्चारकर्मीको रूपमा परिचत कोमल पछिल्लो समयमा राजनीतिमा होमीएपछि निक्कै व्यस्त छिन् । तर, यो व्यस्तता उनका लागि सङ्गीत क्षेत्रमा जस्तो उपलब्धिमूलक भने नभएको उनी स्वयम् स्वीकार्छिन् ।

‘नेपालको राजनीतिमा अनावश्यक स्ट्रेस हुन्छ, हुनै नसक्ने आश्वासन दिइन्छ’, उनी भन्छिन्,‘आफ्ना मान्छेलाई मात्रै अवसर दिइन्छ ।’ उनले यसो भनिरहँदा राजनीतिबाट छोटै समयमा कोमल अघाएको बुझ्न सकिन्थ्यो ।

जनता टेलिभिजनसँग भलाकुसारी गरिहरँदा उनले अगाडि भनिन् , ‘राजनीति र सङ्गीत फरक रहेछ, म चाहिँ व्यालेन्स गर्ने तयारीमा छु । गीत गाउन छोड्दिन । तर राजनीतिमा फरक तरिकाले आउँदैछु ।’

उनी स्थानीय निर्वाचनका लागि दाङको तुलसीपुर उपमहानगरपालिकामा मेयरमा उठ्ने चर्चा पनि चलेको थियो । तर, पार्टीले उनलाई टिकट दिएन । अर्थात्, उनले मेयरको टिकट अर्कैका लागि त्याग्नुपर्यो ।

छोटो समयमा उनले राजनीतिको गजब अनुभव बटुलेकी छन् । उनले अगाडि भनिन्, ‘नेपालमा जनता कम रैछन्, राजनीतिक कार्यकर्ता बढी देखेँ ।’

लोकगायनमा सफल उनी राजनीतिमा चाँडै थकित देखिइन् । ‘म एक्लो छैन, म स्ट्याब्लिस छु’, उनले भनिन्, ‘मेरा सारा श्रोता मसँग छन् ।’ जनता समाचार बाट साभार

पुरा अन्तरवार्ता यहाँ हेर्नुहोस्ः