कैलालीको चुरे गाउँपालिका ०६ मा अवस्थित श्री भगवती माविमा आर्थिक अनियमतता भएको आशंका गरिएको छ।

विद्यालयले शैक्षिकसत्र २०७८ का माध्यामिक शिक्षा परिक्षा कक्षा १० का परिक्षार्थी मार्फत पूरक परीक्षाका लागि भन्दै अतिरिक्त २०० रुपियाँ सहित रू ७०० असुलेको गुनासो विद्यार्थीले गरेपछि सो तथ्य बाहिर आएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शिक्षा विकास तथा समन्वय इकाई ले कक्षा दशका परीक्षार्थीले ग्रेड वृद्धि परिक्षाकालागि सम्बन्धित विद्यालयले परिक्षामा सामेल हुन चाहेमा प्रति विद्यार्थी रू ५०० का दरले राजस्व खाता न १४२२३ मा जम्मा गर्नुपर्ने प्रावधान उल्लेख गरेको छ।

विद्यालय व्यवसथापन समितिको कुनै निर्णय बिना यसरी गरीब विद्यार्थी सँग अतिरिक्त रकम असुल्न नमिल्ने चुरे गाउँपालिका का विद्यालय निरीक्षक बिबिराज सोतीले बताएकाछन्।

उक्त विषयमा आफूलाई भने कुनै जानकारी नभएको विद्यालय व्यवस्थान समितिका अध्यक्ष भगीराम सारुले जनाएका छन् ।

यद्यपि भगवती माविका प्र .अ. भक्तबहादुर ऐरले भने विद्यार्थीको अन्तिम मार्कशीट निष्कासनका लागि थप रू २०० लिईएको बताएका छन्।